मुख्य खबर

कतारबाट आएकाको हेल्चेक्राँइ ! झापामा एक परिवारका २ जना आइसुलेसनमा र ५ जना क्वारेन्टाइनमा


      २०७६ चैत्र १५, २१:३१

(पार्थ मण्डल) भद्रपुर । ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा दुईजना भर्ना भएका छन्।

भद्रपुर नगरपालिका ३ साबिक महेशपुर बस्‍ने एक परिवारका सबै सदस्यमा ज्वरो र रुघाखोकी बल्झिएपछि दुई जनालाई अस्पतालको आइसोलेसनमा र पाँचजनालाई कलवलगुरी प्रशिक्षण केन्द्रको अस्थायी क्‍वारेन्टाइनमा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले जानकारी दिए।

उनीहरूलाई शनिवार बिहान अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको डा. ठाकुरले बताए। कोरोना भाइरस सङ्क्रमणको आशङ्कालाई पुष्टि गर्न दुवैजनाको थ्रोट स्वाब परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने अस्पतालले जनाएको छ। यता प्रहरी स्रोतका अनुसार फागुन २९ गते ती परिवारका एक सदस्य कतारबाट घर फर्किएका थिए।

कतारबाट फर्किएका ती व्यक्ति सेल्फ क्‍वारेन्टाइनमा नबस्दा परिवारका अन्य सदस्यमा ज्वरो र रुघाखोकी देखा परेको हो। कतारबाट फर्किएका व्यक्तिको शारीरिक अवस्था सामान्य रहेकोले उनी घरमै रहेको जनाइएको छ। अहिले ती व्यक्तिका बुबा र बहिनी आइसोलेसनमा र आमा, श्रीमती, दुई छोरा, छोरी क्वारेन्टाइनमा छन् । टाइम्स अफ प्रदेश बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु