केबि महरा/ कैलाली

कैलालिको चुरे गाउँपालिकाले कोरोना सम्भावितका लागि ३० बेड सहितको क्वारेन्टाइन स्थापना गरेको छ ।

विश्व माहामारिको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड19) को नियन्त्रणका लागि गाउँपालिका भित्रका विभिन्न स्थानमा गरि ३० सैया सहितको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको चुरे ६ का वडा अध्यक्ष प्रेम साउदले जानकारी दिएका छन्।

सम्भावित जोखिमलाई मध्यनजर गरि चुरे गाउँपालिका मातहतका सम्पुर्ण वडाहरुमा कोरोना रोगथाम तथा नियन्त्रणका लागि विभिन्न स्तरमा माईकिङ्ग गरिएको समेत अध्यक्ष सावदले बताएका छन् ।चुरे गाउँपालिका अन्तर्गत सहजपुरमा रहेको श्री ग्वाशी आधारभूत बिधालयमा आजै मात्र 7 सैया सहितको क्वारेन्टाईन स्थापना गरिएको ६ न. वडा अध्यक्ष साउदले बताए ।

अध्यक्ष साउदले जानकारी गराए अनुसार हरेक वडा नेतृत्वमा स्थानिय प्रशासन समेतको समन्वय गरि चिकित्सक सहित आफुहरु वडाका प्रत्येक घरदैलोमै पुगेर सबैलाई सुचित गरिरहेको र कोरोना बाट जोगिने उपायहरु समेत बताईरहेको जानकारी दिएका छन् ।
सवाल नेपाल सङ्गको कुराकानिमा बोल्दै वडा अध्यक्ष साउदले आफुहरु माहामारी नफैलिओस् भन्नेमा पुर्णतया सचेत रहेको र सोही अनुसार विभिन्न ब्यबस्थापन समिती समेत गठन गरेर लागिपरेको बताएका छन् ।
स्थानियहरुले आफुहरुलाई मास्कको माग गरेको तर बजारमा नै अभाव रहेकाले तत्काल बितरणमा समस्या देखिएको र तथापी आफुहरु हरसम्भव प्रयासरत रहेको अध्यक्ष साउदले जानकारी दिए ।
विश्व जगत त्रसित पारिरहेको कोरोना नियन्त्रणका लागि जोखिम मोलेरै भए पनि आफुहरु अहोरात्र खटिएको तर कतिपय स्थानमा स्थानियले नै आफुहरुको आग्रह नमान्ने गरेको दुखेसो समेत ब्यक्त गरे ।

सवाल नेपालमा गत आईतवार प्रकाशित समाचार प्रती आफ्नो ध्यानाकर्षण भएको समेत उनले बताएका छन् । “हामिहरु जनताकै सेवाका लागि भनेर खटिएका छौँ, हामी जनताकै सेवक हौँ तरपनि काम गर्दा गर्दै कतिपय अवस्थामा हामिबाट कमि कमजोरी रहेका होलान्,मिडियाले खबदारी गर्नु राम्रो हो,हाम्रा कमजोरी रहेछन भनेपनी सुधार्दै लैजाने छौँ , आफ्नो कर्तव्य पूरा गरिरहँदा समेत कतिपय अवस्थामा असहयोग हुँदा दुख लागेको छ ।”
चुरे गाउँपालिकाले आगामी रणनिती का बिषयमा भोलि अर्थात चैत्र १८ गते बैठक बसि आवस्यक निर्णय लिने समेत जानकारी गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय