विद्यालय बन्द भएको करिव एक महिना हुन लागिसकेको छ । विश्वभरका मामनिसहरु कोरोना भाइरसको आंतकमा बाँचिरहेका छन् । करिब एक लाख मानिसको ज्यान कोरोना भाइरसले लिइसकेको छ । यस्तो वेला अभिभावकलाई आफ्ना छोराछोरीको पढाइबारे पनि त्यतिकै चिन्ता छ । कोरोनाको भाइरल कहिले नियन्त्रणमा आउला ? कहिलेसम्ममा मानिसले यो लडाइ जित्ला ? फेरि हिजकै जसरी आफ्ना छोराछोरीले निष्फिक्री स्कुल पढ्न जान कहिलेदेखि पाउलान ?

यस्तो वेला के सरकारी के निजी, कुनै विद्यालयले आफ्ना विद्यार्थी के गरिरहेका होलान्, सुरक्षित छन् कि छैनन् ? भनेर कुनै चासो राखिरहेका छैनन् । अघिपछि फि बुझाउन अलिकति ढिला भयो भने दावाव दिने विद्यालयहरुलाई यतिधेरै प्रविधिको विकास हुँदा पनि आफ्ना विद्यार्थीको पढाइबारे किन चासो छैन् ? यो प्रश्न उठाउनुपर्ने प्रश्न हो । तर कतै उठिरहेका पनि छैन् । सरकारलेसमेत विद्यार्थीहरुका बारेमा केही योजना बनाएको पाइएको छै्रन् ।

तर कसैले नगरिरहेको सारै प्रशंशनीय काम यतिवेला झापाको दमकस्थित रहको सप्त श्री एकेडेमीले गरिरहेको पाइयो । यही काम देशैभरीका विद्यालयले किन नगर्ने ? सरकारले यो नीतिको अवलम्बन किन नगर्ने भन्ने सोचेर हामीले यो रिपोर्ट तयार पारेका छौं ।

यतिवेला देशमा लक डाउन छ । दमकमा पनि लक डाउन । तर दमकको सप्त श्री एकेडेमीले भने विद्यालयको पढाइ बन्द गरेको छैन् । यस्तो वेला पनि स्कुल खोल्ने भनेर तपाईहरु नजंगिनुहोला । ती विद्यार्थीहरु पढाइका कारण कोरोनाबाट असुरक्षित पटक्कै छैन् । कसरी ?

उनीहरुलाई पढाउन विद्यालयले म्यासेन्जर ग्रुप बनाएको छ । हरेक कक्षाको फरकफरक । म्यासेन्जर ग्रुपमा शिक्षकले विहान दश बेजेदेखि दिउँसो तीन बजेसम्म पढाउने गर्दछ । म्यासेन्जरमा विषय शिक्षकले ग्रुप भिडियो क्लास लिन्छन् । त्यहाँ सबै विद्यार्थीको सहभागिता रहन्छ, जसरी सरकरले पनि केही समय अघि भिडियो कन्फरेन्स गरेको थियो । अनि गज्जबको कुरा त त्यो कक्षा सबैका अभिभावकले अवलोकन गर्न पाइरहेका छन् । अभिभावक, विद्यार्थी र शिक्षकका अनुसार त्यो अनलाईन स्कुल नयाँ अनुभव हो । तर यसले नसोचेको काम गरिरहेको छ र निकै प्रभावकारी पनि ।

विदाको समयमा छोराछोरीले टिभि र मोबाइलमा कार्टुन हेर्ने र भिडियो गेम खेलेर दिक्क पारिसकेक थिए । पढ्नै नमान्ने । पढाइ पनि विग्रने भयो, बच्चाहरुको बानी पनि विग्रने भयो भन्ने चिन्ता सारै थियो । तर अनलाइन स्कुल शुरु भएपछि हामी निकै उत्साही र आशावादी छौं । बच्चाहरुले पनि निकै इन्जोय गरिरहेका छन् । उनीहरुको पढाइमा पनि काफि सुधार आएको छ । मोबाइल भनेको फोन गर्ने, फेसवुक चलाउने र गेम खेल्ने मात्र हो भन्ने लाग्थ्यो । यसले सबैलाई विगार्ने भयो भन्ने बुझाइसमेत परिवर्तन भयो । यो त बहुत चिज रैछ । हामीले उपयोग गर्न नजानेर पो रैछ । एक अभिवाकले उत्साही हुँदै आफ्नो अनुभव राखे । सप्त श्री एकेडेमीप्रति आफुहरु धेरै खुसी रहेको बताए ।

यस विद्यालयमा अहिले कक्षा ७ सम्म पढाइ हुन्छ । कक्षा दुईसम्मका विद्यार्थीलाई एकजना शिक्षकले अगग्गै ग्रुम बनाएर भिडियो ग्रुप च्याट मार्फत बढाइरहनुभएको छ । कक्षा ३ देखि ७ सम्म चाहीँ हरेक दिन एउटा एउटा विषयमा पढाइ भइरहेको छ । च्याटमा नै विद्यार्थीलाई गृहकार्य दिइन्छ । विद्यार्थीले पनि च्याटमा गृहकार्य गरेर आफ्नो शिक्षकलाई पठाउछन् । गृहकार्य नमिलेका भए च्याटमा नै शिक्षकले करेक्सन गरिदिन्छ ।
विद्यार्थीसँग ग्रुप च्याटका साथै पर्सनल च्याटमार्फत पनि जिज्ञासा राख्न पाउने व्यवस्था गरिएको छ । विद्यार्थी त अनलाइन स्कुलमा निकै उत्साही छन् नै शिक्षक पनि उत्साहीत छन् । शिक्षकहरुले थुप्रै नयाँ विषयहरु खोजेर विद्यार्थीलाई सिकाउन र आफैले पनि सिक्न पाइएको शिक्षकहरु बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय