#

लेटाङकी ढकालले जितिन यसरी जितिन कोरोना संगको युद्ध


म शान्ता अधिकारी (ढकाल) मेरो घर नेपालमा विराटनगर हो। मोरङ जिल्ला, लेटाङ्गको फडानीमा जन्मघर हो मेरो। अहिले भने म र मेरो परिवार अमेरिकाको मेरिल्याण्डस्थित गेथसवर्ग भन्ने ठाउँमा बासोबास गर्दछौं। अमेरिकाको राजधानी वासिंगटन डिसी शहर नजिक छ म बसेको ठाउँ। आफ्नो काम गरेर सकेसम्म सामाजिक काममा समेत समय दिँदै दिनचर्या बिताइरहेका बेला अचानक चीनको कुनै एउटा शहर वुहानबाट कोरोना भाइरस फैलिएको चर्चा पनि चलिरहेको थियो। काममा जाने आउने गर्ने हामी सकेसम्म सुरक्षित नै छौं र हुन्छौं भन्ने आत्मविश्वास हामीमा छँदै थियो। हेर्दा हेर्दै सो भाइरस चीनबाट अमेरिका पस्यो भन्ने कुरा सुनियो।

त्यतिमात्र कहाँ हो र रु हुँदा हुँदै अमेरिकाको मुख्य व्यापारिक केन्द्र न्यूयोर्क पसेर विध्वंश मच्चाउन थालेको दैनिक समाचार हेर्दै र सुन्दै आएकी पनि थिएँ। संसारका विभिन्न मुलुक हुँदै संसारलाई आतंकित पारेको यो कोरोना भाइरस मेरै घरमा पस्छ भन्ने चाहिँ कल्पना पनि गरेकी थिइनँ । तर, सोचेजस्तो गरी समय कहाँ सरल रेखामा हिँड्दो रहेछ ररु त्यो महामारी मेरो घरमा पसिहाल्यो, सतर्कता अपनाउँदा अपनाउँदै, सचेत हुँदा हुँदै। कसरी पस्यो त्यो अझै पनि मलाइ अन्यौल नै छ। म नै सो भाइरसबाट संक्रमित भएँ।

म मेरो निवास नजिकैको रिह्याव सेन्टरमा काम गर्छु। मेरा श्रीमानको काम पनि हाम्रो निवासभन्दा टाढा छैन। कोभिडको हल्ला फैलन थालेपछि मैंले काम छाड्ने निर्णय गरेर सतर्कता अपनाउन थालेकी थिएँ । घरमा बसेको ९ दिनपछि अप्रिल १४ देखि मलाइ शरीरमा असजिलो महसुस हुन थाल्यो। दुई दिन शरीर एकदमै गलेजस्तो भयो। केही काम गर्न मन लागेन। काम छाडेर बसेको केही दिन भइसकेकाले खायो बस्यो गर्दा गर्दै पो शरीर गलेको हो कि जस्तो पनि लाग्यो। अर्थात् मेरो मनले मलाई कोरोना भाइरसको संक्रमण भएको हो भन्ने मान्न तयार भएन। तर, मनले नमानेर के गर्नु लक्षणहरु बढ्दै गए।

घाँटीँमा केही अड्केजस्तो महसुस हुन थाल्यो त्यही दिनदेखि जुन दिन मलाइ जिउ गलेजस्तो भएको थियो। त्यसको भोलिपल्ट अप्रिल १५, १६ देखि त मलाइ ज्वरो नै आयो। ज्वरो पनि कस्तो भने अलिअलि गरेर आइरहने भयो। छिनमा जाडो हुने र फेरि पसीना आउने गर्न थाल्यो। सामान्यतया ज्वरोले छोड्दा पसिना आउने गर्दथ्यो तर त्यतिबेला त मलाई छिनछिनमै ज्वरो बढ्ने र पसिना आउने हुन थाल्यो। अप्रिल १७, १८मा ज्वोरो निकै नै बढ्यो। ज्वरोसँगै अब मलाइ खोकी पनि थपियो। छाती फुट्ने गरी खोक्नु पर्ने हुनथाल्यो। यतिञ्जेल पनि अरुबेलाकै जस्तो सामान्य फ्लू नै हो कि भन्ने लागेको थियो। तर खोकी र ज्वरोले अति नै सताउन थालेपछि भने मलाइ मनमा शंका लाग्यो कतै मलाइ कोरोना त हैनरु

शुरुमा मन नआत्तिने त कुरै भएन किनकि दिनहुजसो कोरोनाले संसारभरमा मानिसको मृत्यु भएको, औषधिले काम नगरेकोेजस्ता कुराहरु समाचार बनेर आइरहेका थिए। यी समाचारहरुमा कोभिडका लक्षणहरु कतै उल्लेख छन् कि ती मलाइ मिल्छन् कि मिल्दैनन् भनेर हेर्न केलाउन पनि थालें। शरीरमा पीडा त छँदै थियो, के भएको हो भन्ने टुंगो नलगाई बस्न मनले मानेन। शरीर कमजोर हुँदै गएको आभाष पनि भएको थियो किनकि केही पनि खानेकुरा खान मन लागेकै थिएन। त्यसपछि मैले चिनेका एकजना नेपाली मुलका डाक्टरलाई फोन गरें, लक्षण सबै कोरोनाको नै हो भन्नुभयो। उहाँले मेरिल्याण्ड हेल्थ डिपार्टमेण्टमा फोन गर्न सल्लाह दिनभयो। फोन गरें तत्कालै।

त्यहाँ कुरा भएपछि मलाइ कोरोना लागेको कन्फर्म भयो। तिमीलाई कोरोना लागेको छ त्यसैले तत्कालदेखि नै आइसोलेसनमा बस भन्ने सल्लाह त्यहाँबाट प्राप्त भयो। स्वास्थ्यकर्मीले सास फर्न गाह्रो भयो भने ९११ मा कल गरेर अस्पताल जान सल्लाह पनि दिए।

कोरोना संक्रमण कन्फर्म भएकाले मन खंग्रङ्ग त भएको थियो नै अब के कसो गर्ने होला भन्ने पनि लागेको थियो। स्वास्थ्यकर्मीले नै घर र पारिवारिक अवस्थाबारे जानकारी पनि लिए र केही सहयोग चाहिन्छ कि भनेर पनि सोधे। औषधि र अन्य खाद्य सामग्री भए नभएको, ल्याउन सक्ने नसक्ने भन्नेबारे सोधेपछि मैले केही पर्दैन घरमा मेरो श्रीमान हुनुहुन्छ भनें।

अप्रिल १९ आइतबारदेखि खोकी अति धेरै नै लाग्न थाल्यो। घाँटी दुख्ने त छँदै थियो खोकीले छाती फुट्लाजस्तो हुन थाल्यो अनि केही कुराको गन्ध पनि थाहा पाउन छाडें मैंले। कोरोना संक्रमण हुँदा यसो यसो हुन्छ भनेर सुनेको र पढेको कुरा सबै आफैंलाई मिल्दै गइरहेको थियो। भिक्स, अगरवत्ति र सन्चो केहीको गन्ध पनि थाहा पाउन सकिएन। सामान्यतया रुघाखोकी लाग्दा भिक्स र सन्चो प्रयोग गर्ने गरेको थिएँ। यतिबेला पनि केही सजिलो होला कि भनेर ती दुबै औषधिको प्रयोग गरेकी थिएँ। गन्धका हिसावले दुबै निकै कडा औषधि पनि हुन्। बरु सन्चोले छालालाई पोलेको महसुस हुन्थ्यो तर त्यसको गन्ध भने थाहा पाउन सकिनँ।

त्यसपछि मलाइ अर्को आपत थपियो—पखाला चल्न थाल्यो। खोकी यथावत छँदैथियो त्यसमा पनि रातिको समयमा निकै च्याप्ने गरी खोकी लाग्ने गर्न थाल्यो। दिनमा चाहिँ अली कम जस्तो हुन्थ्यो। खाना खान पटक्कै मन लागेन एक हप्ता जति। मुस्किलको सो समयमा मैंले हिम्मत भने हारिनँ। यसको औषधि बनेको छैन भन्ने त थाहा छँदै थियो बरु घरेलु औषधि कै प्रयोग गर्नेतिर मेरो मन गएको थियो। एक हप्ता मलाइ केही खान मन नलाग्दा तातो पानी खान भने छाडिनँ। लक्षणहरु हो कि हो कि जस्तो हुँदै देखि म अलग्गै कोठामा बस्न थालिसकेकी थिएँ, बाथरुम अलग, सबै कुरा अलग।

हाम्रो घरमा भएका औषधिजन्य मसलाहरुमध्ये केहीलाई पानीमा उमालेर धेरै नै पिए मैंले यो अवधिमा। अदुवा, मरिच जेठी मधु ,दालचिनी हालेर पानी उमाली त्यो पानी २ लिटर विहानभरमा पिउन थालें। फेरि दिउँसो पानीमा बोजो, टिमुर, ज्वानो, लसुन हालेर पिउँथें। अझ यो पानीमा १ चम्चा बेसार हालेर पिउन थालें। सुत्ने बेलामा मेरो खाना भनेको सुत्केरी हुँदा खाने ज्वानोको झोल भयो। दिनभरमा ५ लिटर भन्दा धेरै पानी पिएँ मैंले। यो सबै कुरा मेरो श्रीमानले पकाएर दिनु भयो। पानी धेरैबेर उमालेर रातो चिया जस्तो रंग आउने गरी उमालेर घरेलु मसलाजन्य औषधि प्रयोग गर्दैै रोगको सामना गर्दै गएँ।

घरमा म विरामी भइगएँ, आइसोलेसनमा थिएँ । मेरा लागि जाउलो, पानी पकाउने मेरो श्रीमान हुनुहुन्थ्यो तर बाहिर गएर सामान ल्याउन आफ्नो र समाजकै लागि पनि उपयुक्त थिएन। किनकि म संक्रमित भइसकेको थिए र मेरा श्रीमान्लाई संक्रमणको लक्षण नदेखिए पनि के हो के होरु बाहिर निस्कँदा अरुलाई सर्ने पो हो कि भन्ने लाग्यो हामीलाई। हामी निस्केनौं सामान किन्न पनि र अहिलेसम्म पनि निस्केका छैनौं। हामीलाई चाहिने सामान हाम्रो निवासस्थान भन्दा केही नजिक बस्नु हुने बैनी ज्वाइले नै घरसम्म ल्याइदिनु भयो।

दिनमा ३ पल्टसम्म तातो पानीको वाफ लिन्थेँ। ८ घण्टामा १ हजार एमजीको टाइलिनोल नामक ज्वरो कम गर्ने औषधि पनि खाएँ । खोकीको लागि कफसिरप पनि लिएँ। डाक्टरले सिफारिस गरेअनुसार, ५ दिन एन्टीवाइटिक पनि खाएँ। अप्रिल १९ देखि २५ का दिनहरुमा मैंले केही सुधार महसुस गर्न थालें। गन्ध अलि अली थाहा पाउन थालें। खोकी चाहिँ अझै लाग्छ तर त्यो निकै कम भएको छ। १२ दिनमा अव चाहिँ पूर्ण रुपमा ठिक भए जस्तोगरी शरीर हल्का भएको छ। बिचलित त म भइन तर डर त लाग्ने नै भयो। रोगलाई परास्त गर्न मेरो आत्मबलले काम गरेको हो भन्ने लागेको छ। त्यो सँगै हामीले घरायसीरुपमा प्रयोग गर्ने औषधिहरुले मलाइ ठीक गरेको अनुभूति गरेकी छु मैंले।

पानी उमालेर खाएका बेसार, जेठीमधु, मरिच आदि जति पियो त्यति मलाइ ठीक हुुँदै जान्छ वा ठीक हुँदै गएको छ भन्ने अनुभूति हुन्थ्यो मलाइ। म अझै आइसोलेसनमै छु। तर, अब निकै स्वस्थ भएकी छु।

पछि मैले थाहा पाए कि म जहाँ काम गर्थें, सोही भवनमा चार जनालाई कोभिड भएको रहेछ। एक हप्तासम्म हामीलाई थाहा भएन कि मैंले काम गर्ने भवनमा संक्रमित पनि छन्। जव सो कुरा थाहा भयो तत्काल नै मैंले काम छोडिदिएकी थिएँ। पूर्वेली न्यूज बाट साभार

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु