काठमाण्डाै – विश्वभर अहिलेसमम १४ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भएका छन् । दुई सय १२ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ४० लाख ४१ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा १४ लाख तीन हजार आठ सय ६७ जना निको भएका हुन् ।

त्यस्तै उपचार गराइरहेका २३ लाख ६० हजारभन्दा धेरैमध्ये दुई प्रतिशतको अवस्था जटिल र बाँकीको अवस्था सामान्य छ । कोरोनाका कारण अहिलेसम्म दुई लाख ७६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

काेराेना सङ्क्रमणबाट सबैभन्दा प्रभावित भएकाे देश अमेरिका हाे, त्यहाँ सङ्क्रमित र ज्यान गुमाउने दुवैकाे सङ्ख्या धेरै छ । अमेरिकामा अहिलेसम्म १३ लाख २३ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा साढे ७८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

रुसमा आज मात्रै १० हजार आठ सय १७ जनामा कोरोना पुष्टि भएको छ भने एक सय चार जनाको ज्यान गएको छ । योसँगै रुसमा ज्यान गुमाउनेको सङ्ख्या १८ सय २७ पुगेको छ । त्यस्तै एक लाख ९८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ ।

यस्तै भारतमा ५९ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा एक हजार नाै सय ५० भन्दा धेरैकाे ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय