काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए)ले भारतले नेपाली भूमि लिपुलेकलगायत क्षेत्र मिचेर सडक निर्माण गरेको कार्यको निन्दा र भर्त्सना गरेको छ ।

सुगौली सन्धिले नै उक्त भूमाग नेपालको हो भनी स्वीकारेको विषयमा भारतले एक पक्षीयरुपमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि नै हस्तक्षेप गरी नेपाली भूमिमा सडक निर्माण गर्नु भारतको हेपाहा प्रवृत्ति भएको डिएलएको टिप्पणी छ ।

डिएलएका महासचिव लक्ष्मीदेवी दाहाल रावलले विज्ञप्तिमार्फत यस विषयमा सरकार संवेदनशील भएर कूटनीतिक पहललगायत जुनसुकै कदम चाली यथाशीघ्र मिचिएको नेपाली भूमि फिर्ता ल्याएर मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न माग गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय