केबि महरा/ लकडाउनका कारण शैक्षिक संस्थाले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । बिज्ञानले मानिसलाई बिलासी त बनाईदियो तथापी प्रबिधिको उचित तवरले प्रयोगमा ध्यान नपुग्दा अवसरको दुरुपयोग हुने सम्भावना समेत बढेको पाइन्छ । विभिन्न बिधालयहरुले अन्लाइन शिक्षाको थालनी गरिसकेका छन् कोरोनाको कहरका बिच सुरु गरिएको यस्तो खालको प्रयासले खासै प्रभाव पार्ला भन्नेमा दुबिधा देखिन्छ ।

अन्लाईन शिक्षाले सम्बन्धित शिक्षकहरुलाइ थप तनाव त थपिदिएको छ ।तर सोशल डिस्टेन्स,परिवारको स्वास्थ्य तथा लामो समय एउटै स्थानमा बसिँरहदा उत्पन्न भएको तनाब जस्ता समस्याका बिच सुरु गरिएको अन्लाइन कक्षा एक नयाँ अभ्यास समेत भएकाले यसलाई कसरी थप प्रभावकारी बनाउने भन्ने चुनौति पनि तेत्तिकै देखिन्छ ।

लेखक: केबि महरा

तथापी बिधार्थिहरुलाइ भने यस प्रकारको शिक्षाले सिकाईमा भन्दापनी अनावश्यक च्याटमा जिस्किने,ध्यान पढाइतिर भन्दापनी साथिहरु बिच अनावस्यक कुरामा भुल्ने जस्ता कार्य गर्ने हुँदा पढाईमा जेहेन्दार बिद्यार्थीहरुलाई समेत यसले नराम्रो प्रभाव पार्ने जोखिम देखिन्छ ।

जसको घरमा इन्टरनेट, स्मार्टफोन र कम्प्युटर छ, उनीहरूले जसोतसो अनलाइन कक्षा लिइरहेका छन् । तर, जसको घरमा यस्तो सुविधा छैन, उनीहरूका लागि अनलाइन कक्षा आकासको फल भएको छ । अँझ हाम्रोजस्तो मुलुकमा अन्लाईन शिक्षा निश्चित बर्ग र पहुँचवाला हरुका लागि मात्रै सिमित हुने देखिएको छ । ग्रामिण बस्ती, बिधुतको पहुँचबाट अलग रहेका तथा दुरदराजका बालबालिकाहरुलाई अन्लाईन शिक्षा हर्ष न बिस्मात भएको हो । अँझै थुप्रै बालबालिका टेलिभिजनको पहुँच बाट समेत बन्चित छन् उनिहरुलाई अन्लाइन शिक्षाले समेट्न सक्ला भन्नेमा द्विबिधा कायम नै छ ।

प्रविधी मैत्री शिक्षालाई थप प्रभावकारी बनाउन अनुशासन कायम गर्ने जस्ता सामान्य बिषयलाई गम्भीरता पुर्वक पालना गर्ने कि ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय