केबि महरा/ महोत्तरी

खानेपानी बितरण संस्थानले आफ्ना कर्मचारी हरुलाई कोरोना कहरका बिच ग्राहकहरुका घरदैलोमा मिटर रिडिङ्गका लागि पठाउन सुरु गरेको छ।
जिल्लाहरुमा रहेका खानेपानी बितरण संस्थानले आफ्ना कर्मचारीहरुलाई कोरोना सन्त्रासकै बिच मिटर रिडिङ्गमा पठाउन थालेको हो ।

सरकारले लकडाउ समयमा समेत अत्यावश्यक सेवा हरुलाई निरन्तरता दिईने बताएको थियो । यद्यपि यस्ताखाले सेवा प्रदान गर्ने बैंक तथा स्वास्थ्य संस्था,दुग्धजन्य उत्पादन ,ढुवानी सेवा लगायत खानेपानी वितरण सेवालाई समेत प्रभावित हुन नदिन सेवा प्रदान गर्ने निकायले अनिवार्य रुपले न्युनतम सामाजिक दुरी कायम राख्नु पर्ने,फिल्डमा खटिने कर्मचारी हरुको स्वास्थ्य प्रती विशेष सजकता अपनाइनु पर्ने, सेवाका लागि अग्रपंक्तिमा खटाइएका कर्मचारी हरुलाई अनिवार्य (PPE) ब्यक्तिगत सुरक्षात्मक उपकरण उपलब्ध गराइनु पर्ने भनी निर्देशिका समेत जारी गरेको थियो

सरकारको उक्त निर्देशन बिपरित खानेपानी कर्मचारी हरुलाई कोरोना जोखिमका बिच मिटर रिडिङ्गमा जानुपर्ने बाध्यात्मक अवस्थाको सृजना गरिएको छ । जसका कारण खानेपानी कर्मचारी हरु एउटा मास्क मात्रैको भरमा फिल्डमा मिटर रिडिङ्गका लागि जान बाध्य भएका छन् । महोत्तरिको बर्दिवास खानेपानी बितरण केन्द्र एक प्रतिनिधि घटना हो ।
प्रदेस न. २ त्यसै पनी कोरोनाको उच्च जोखिममा रहेको प्रदेस हो । जहाँ प्रदेसका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटि सकेका छन्।

यसरी जिल्लाका खानेपानी बितरण संस्थाले आफ्ना कर्मचारीको स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेको भएतापनी यस तर्फ कसैको ध्यान पुगेको देखिँदैन । तथापि बिद्धुत प्राधिकरणले भने कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गरि लकडाउन सुरु गरिए यता आफ्ना कर्मचारीलाई मिटर रिडिङ्गमा नजान सुझाएको छ ।

दिन प्रतिदिन कोरोनाको माहामारी बढिरहेका बेला खानेपानी संस्थानले आफ्ना कर्मचारी हरुको स्वास्थ्य प्रती गम्भीर खेलवाड गरिरहेको छ ।
जसले गर्दा फिल्डमा मिटर रिडिङ्ग गर्न जाने कर्मचारी हरुलाई एका तर्फ कोरोनाको त्रास तेत्तिकै छ भने अर्कातीर फिल्डमा नगए जागिर बाट आफू निकालिन्छुकि भन्ने मानसिक पिर समेत उत्तिकै मात्रामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय