नेपालमा साेमबार साँझ थप १८ जनामा काेराेना पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनापुरका ११२ र धनुषाका २ पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। त्यस्तै, खाेटांगकाे हलेसी, दैलेखकाे आठबिस, सुनसरी र झापाका १/१ जनामा पुरुषमा पनि काेराेना संक्रमण देखिएकाे छ।

उनीहरुकाे स्वाबकाे परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,भेरी अस्पताल र काेषी अस्पतालमा गरिएकाे थियाे। यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ सय ७५ पुगेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय