काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेकी छन् । नयाँ नक्सामा ७५३ स्थानीय तह र देशको भौगोलिक, प्रशासनिक सिमाना छुट्टाइएको छ । नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले देशको मानचित्र र मन दुवै बदलिएको बताएकी थिइन् ।

यसअघि प्रकाशन–चलन चल्तीमा ल्याइएको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपलेक, कालापानीसहितका भू–भाग छुटेका थिए ।

सरकारले ती सबै भू–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो । आज (बुधबार) सार्वजनिक गरेको नक्सा तत्कालै चल्तीमा ल्याइने सरकारले जनाएको छ ।

भारतले सन् १८१६ को सुगौली सन्धिले नेपालकै भूभाग भनी किटान गरेको भूमि हुँदै मानसरोबर जाने बाटाको ट्र्याक खोलेपछि नेपाल जवाफ दिन बाध्य भएको हो । सरकारले आर्थिक वर्ष २०७७–७८ को वार्षिक नीति तथा कार्यक्रम गर्दै शीघ्र नक्सा सार्वजनिक गर्ने बताएको थियो ।

सरकारले नक्सा सार्वजनिक गर्दै भारतसँग कूटनीतिक पहल जारी राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय