इटहरी (सुनसरी) । कोभिड १९, कोरोना भाइरसकाको प्रकोपका कारण मिडिया हाउस र आम सञ्चारकर्मी समस्यामा परेको भन्दै राज्यले उनीहरुका निम्ति विशेष आवश्यक प्याकेज ल्याउनु पर्ने माग तमू (गुरुङ) सञ्चारकर्मीहरुको केन्द्रिय संगठन तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले सरकारसँग गरेको छ ।

यो संकटको घडीमा साना लगानीका मिडिया हाउसहरु बन्द गर्नु पर्ने सम्मको अवस्थामा पुगेको भन्दै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

डिजिटल प्रविधि मार्फत संघले गरेको अनलाइन बैठकले “लकडाउनले गर्दा सञ्चार माध्यम सञ्चालकलाई सञ्चार माध्यम चलाउन गाह्रो भएको र श्रमजीवि पत्रकारहरुलाई जागिर गुम्ने खतरा बढदै गएको ” निश्कर्ष निकाल्दै “लकडाउन बढदै जादा परिस्थिति अझै भयवह हुँदै जाने” आकलन गरेको छ ।

संघका अध्यक्ष रविन गुरुङको अध्यक्षतामा भएको बैठकमा नेपालभरिका तमू (गुरुङ) सञ्चारकर्मीले आ आफ्ना जिल्ला र स्थानका विवरण प्रस्तुत गरेका थिए ।

साथै, उनीहरुले लक डाउनका कारण संकटमा परेका तमू (गुरुङ) सञ्चारकर्मीसहित जोखिमको बेला पनि फ्रन्ट लाईनमा रहेर समाचार संम्प्रेषण गरिरहेका सम्पूर्ण सञ्चारकर्मीहरुका लागि सरकारले स्वास्थ्य सुरक्षा, जीवन बिमा लगायतका विशेष प्याकेज ल्याउनु पर्ने धारणा व्यक्त गरेका थिए ।

अध्यक्षसहित काठमाण्डौंबाट संघका उपाध्यक्ष चित्रबहादुर गुरुङ (लाला) र कोषाध्यक्ष दीपेन्द्र गुरुङ, पोखराबाट महासचिव रोशनी गुरुङसहित सदस्यद्धया खिमा गुरुङ, मणिलाल गुरुङ, नेपालगञ्चबाट सदस्य गजेन्द्र गुरुङ, चितवनबाट सचिव चित्र सोल्टी गुरुङसहित सदस्य सीता गुरुङ, सिन्धुलीबाट सदस्य रोहित गुरुङ र सुनसरीबाट सदस्य नविन गुरुङ अनलाईन बैठकमा सहभागी थिए ।

सोही बैठकले तमू धीं नेपाल ३५ औं वर्ष पूरा गरि ३६ औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय