#

गौरादहमा बीपी स्मृति भवन शिलान्यास


गौरादह ,७ जेठ । नेपाली कांग्रेस गौरादह नगर समितिले आफनो कार्यालय भवन बनाउने भएको छ । भवनको आज यहाँ एक कार्यक्रमका बीच औपचारिक रुपमा शिलान्यास गरिएको छ । कांग्रेस संस्थापक तथा प्रथम जन निर्वाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा बिपी स्मृति भवनमा गौरादह नगरपालिका वडा नम्बर २ मा भवन बन्न लागेको हो ।

भवनका लागि स्थानीय टुराई शाह तथा उहाँका सुपुत्र गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार साहले १ कट्ठा ५ धुर र मिना कुमारी राजबंशीले २ कट्ठा गरी कुल ३ कट्ठा जग्गा उपलब्ध गराउनुभएको थियो । भवन निर्माण गर्न नगरपालिकाले चालु वर्षको वजेटमा रु १२ लाख रुपैयाँ बिनियोजन गरेको छ । भवनको प्रजातन्त्रका सेनानी डिल्ली प्रसाद सेडाईंले शिलान्यास गर्नुभयो ।

भित्ते पात्रो विमोचन
त्यसैगरी सोहि कार्यक्रममा क्षेत्रीय समितिले प्रकाशन गरेको २०७७ सालको भित्ते पात्रोको समेत बिमोचन गरिएको छ । क्षेत्र नम्बर ५ समितिले प्रकाशन गरेको सो भित्तेपात्रो साविक क्षेत्र नम्बर ५ र ६ को समन्वयमा प्रकाशन गरिएको आर्थिक समिति संयोजक तथा गौरादह वडा नम्बर २ का वडाध्यक्ष हेमन्त कार्कीले जानकारी दिनुभयो ।

कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी लगायत पार्टीका स्थानीय देखि जिल्ला नेताहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन गौरादह नगर सभापति यादवराज सेढाईंले गर्नु भएको थियो । सो कार्यक्रममा कांग्रेस झापा जिल्ला सभापति उद्धव थापाले भिडियो कन्फरेन्स मार्पत बिषेस सम्बोधन गर्नु भएको काङ्ग्रेसका क्षेत्रीय सचिब धर्मानन्द भट्टराईले जानकारी दिनु भयो । ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु