कोरोना भाइरसका कारण रगतले लेखिएको पत्र तत्काल इमेल मात्र गरिएको अनेरास्ववियू इलामका जिल्ला सदस्य मिलन खत्रीले बताए । ‘ प्रशासन मार्फत राजदुतलाई पठाउने तयारी गरिएको थियो । तर कोरोनाका कारण संक्रमणको खतरा महसुसपछि अहिले इमेल गरेका छौ । पछि सक्कल प्रति अनेरास्ववियू केन्द्रिय कमिटी मार्फत पठाउने छौ ।’ उनले भने ।

पत्र अनेरास्ववियूका केन्द्रिय सदस्य रविन्द्र सुवेदी, जिल्ला संयोजक प्रवेश पराजुली, जिल्ला कमिटि सदस्यहरु मिलन खत्री, नारायण श्रेष्ठ, डिकेन्द्र दाहाल, सचिन रायमाझी, सुशान्त चापागाई, मनिषा अधिकारी र अर्जुन योङहाङको रगतले लेखिएको हो । पत्र मोदीको इमेल narendramodi1234@gmail.com भारतीय दुतावासको इमेल amb.kathmandu@mea.gov.in र भारतको परराष्ट्र मन्त्रालय एवम अन्य कुटनैतिक नियोगको इमेलमा पठाइएको खत्रीले जानकारी दिए ।

पत्रमा लेखिएको छ ‘ महामहिम श्री नरेन्द्र मोदी प्रधानमन्त्री भारत सरकारः प्रधानमन्त्री ज्यू हामी नेपाल र भारत बिचको सम्वन्ध अझै प्रगाढ होस भन्ने चाहन्छौ । तर भारतले पटक पटक नेपालको सिमा मिच्नु विस्तारवादी निति प्रष्ट हुन्छ । तर्सथ नेपालको भारतले मिचेका कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्त, महेशपुर, सन्दकपुर, पशुपतीनगर, लगायतका भु–भाग तत्काल फिर्ता गरियो । यो नेपाली युवाको तातो रगतले लेखीएको पत्र हो । आसा छ । तपाइ हिंसामा विश्वास गर्नुहुन्न् । ’ https://suryodayaonline.com/ बाट साभार

 

प्रतिक्रिया

सम्बन्धित खवर