काठमाडौं : सरकारले संविधानमा भएको निसान छाप सच्याउनको लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो ।

संविधानमा रहेको निशासन छापमा रहेका नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन। सरकारले भारतले अतिक्रमण गरेको यी क्षत्र समेटर बुधबार नेपालको नयाँ नक्सा जारी गरेको छ।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयका लेटर प्याड, बेवसाइड परिवर्तन गर्नु पर्ने छ । अन्नपूर्ण पोस्टले राष्ट्रियको प्रतिक चिन्ह निसान छापमा रहेको नक्सा गलत भएको विषय विगत दुई वर्षदेखि लगातार उठाइरहेको छ । २०७५ साल भदौ २१ गते अन्नपूर्ण पोस्टमा पहिलो पटक निसान छापमा नेपालको नक्सा गलत भन्ने समाचार छापिएको थियो ।

यो संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभाको दुई तिहाइ बहुमत पारित हुनुपर्छ ।
साभार: अन्नपूर्ण पोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय