पाकिस्तानमा भएको विमानमा दुर्घटनामा ९२ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाएकामध्ये १९ जनाको परिचय खुलेको अन्तर्राष्टिय समाचार संस्था अल जजिराले जनाएको छ । कराँचीका मेयर वासिम अख्तरले विमन बस्तीमा खस्दा ५, ६ ओटा घर ध्वस्त भएको जानकारी दिनुभएको छ ।

विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ जाँदै गर्दा बस्तीमा दुर्घटनाग्रस्त भएको थियो । क्षति भएको घरमा कोही मानिस थिए कि थिएनन् भन्ने बारे स्पष्ट जनकारी आइसकेको छैन ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनामा ज्यान गुमाएकाका परिवारप्रति सहानुभूति व्यक्त गर्दै दुर्घटनाको छानबिन गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय