
जाजरकोट । पूर्वसांसद तथा समाजसेवी राजीवविक्रम शाहले कोरोना महामारी न्यूनीकरणको उद्देश्यका लागि भन्दै एक करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गरेका छन् । उनले कर्णाली प्रदेश सरकारलाई उक्त सहयोग शुक्रबार हस्तान्तरण गरेका हुन् ।
कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा उनले प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । अस्पतालका प्रमुख डा. डम्मर खड्कालाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेका हुन् ।
शाह नेपाली कांग्रेसका पूर्वसांसद हुन् । जाजरकोटबाट प्रतिनिधित्व गर्ने शाहले यसअघि पनि सो जिल्लामा आफ्नै खर्चमा अस्पताल बनाइदिएका थिए ।
प्रदेश अस्पताल सुर्खेतमा पाँचवटा आईसीयू बेड, ईसीजी मेसिनलगायतका ८० लाख बराबरका सामग्री हस्तान्तरण गरेका थिए । कर्णाली प्रदेशका अन्य जिल्ला अस्पताललाई उनले एक जिल्ला बराबर कम्तिमा पनि ३ लाख बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको शाहले जानकारी दिए ।
स्वर्गीय व्यवसायी प्रभाकर शमशेर राणाकी छोरी माया राणाको सहयोगमा शाहले कुमारी ट्रष्टमार्फत सो सहयोग गरेका हुन् । “कर्णालीमा कोरोना महामारी फैलिन नसकोस् भन्ने उद्देश्य हो,” शाहले भने ।
फेसबुकमा तपाईको प्रतिक्रिया