झापा: देशभरका विभिन्न १२ वटा लायन्स क्लबले संयुक्तरुपमा झापाका सातवटा क्षेत्रमा सीमा सुरक्षा पोष्टको संरचना निर्माण गरेका छन् ।सुरक्षा पोष्ट संरचना नहुँदा अस्थायीरुपमा बारबेरा गरी खटिआएका सुरक्षाकर्मीको काममा सघाउ पुर्याउन करिब ४ लाख खर्चिएर जिल्लाको माईपश्चिमका सातवटा पोष्ट निर्माण गरिएको कार्यक्रम संयोजक प्रकाश प्रसाईंले जानकारी दिए ।

उनका अनुसार लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ अन्तर्गतका दमक, उर्लाबारी, विराटनगर र काठमाडौंका गरी १२ वटा क्लब मिलेर ती संरचना निर्माण गरिएकोे हो ।

गौरीगञ्ज गाउँपालिका वडा नं २ स्थित लालमतिमा हिजो एक कार्यक्रम गरी नवनिर्मित सुरक्षा पोष्ट सशस्त्र सीमा सुरक्षा बललाई हस्तान्तरणसमेत गरिएको छ । सुरक्षा पोष्ट हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ सेविकाले लायन्सले निर्माण गरेको सातवटै पोष्टका लागि वाटर डिस्पेसरसमेत प्रदान गरिएको थियो ।

 

सो अवसरमा प्रदेश नं १ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले सीमा सुरक्षा पोष्टको अनुगमन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय