झापा । सरकारले नेपालको नयाँ नक्सा जारी गरेसँगै अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको छ ।

सोही संशोधन प्रस्ताव सर्वसम्मत रूपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यालयमा बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको राप्रपाका नेता राजेन्द्र लिङदेनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर