नेपालमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सेनाले खरिद गरेको २८ टन स्वास्थ्य सामग्री बोकेर नेपाल वायु सेवा निगमको जहाज चीनकाे गोन्जाउबाट आज (बिहीबार) बिहान काठमाडौं आउन उडेको छ।

नेपाल एयरलाइन्सकाे एयरबस ए-३३० काेराेना परीक्षण गर्ने किट, स्वास्थ्य सुरक्षा सामग्री पीपीई र काेभिड-१८ का लागि अत्यावश्यक अन्य स्वास्थ्य सामग्री लिएर बिहीबार बिहान ६ः३९ बजे चीनबाट काठमाडौंका लागि उडेको हो। चीनका लागि नेपाली कार्यवाहक राजदूत सुशीलकुमार लम्सालले ट्विटमार्फत याे जानकारी दिएका हुन्।

नेपाली सेनाले चीनमा २ अर्ब २६ करोडमा ६७ थरी स्वास्थ्य सामाग्री खरिद गरेको छ। सेनाले जहाजबाट अहिले दोस्रो लटमा सामग्री ल्याइरहेकाे हाे। तर स्थलमार्गबाट समेत गर्दा याे तेस्राेपटक हाे। पहिलाेपटक सेनाले तातोपानी नाका हुँदै करिब ८ टन सामग्री ल्याएको थियो भने दोस्रो लटमा जहाजबाट १८.९ टन सामग्री ल्याएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय