#

गायिका टिका प्रसाइँको नयाँ गीत”टाढा नजाउन” सार्वजनिक


काठमाडौँ । गायक कमल किरण र गायिका टिका प्रसाइँको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘टाढा नजाउन’ बोलको गीतको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो । डिपी खनालको शब्द रहेको गीतमा गायक कमल किरणको संगीत रहेको छ । गीतका एरेन्जर प्रदीप श्रेष्ठ हुन् ।

निकै मिठो गीतको भिडियोमा अनुराग ठकुरी र अर्चना डि क्षेत्रीको अभिनय रहेको छ । अनुराग र अर्चनाको जोडीको केमेष्ट्रि पनि निकै मज्जाको देखिएको छ । सुरज खनालले खिचेको भिडियोलाई पदम सुबेदीले सम्पादन गरेका छन् । सुरज इनटरटेन्टमेन्टको निर्देशन रहेको गीतको म्युजिक भिडियो डश म्युजिक नेपालको युट्युब च्यानलमा हेर्न सकिने छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु