#

आमाको हत्यापछि आफ्नै आत्महत्या


विराटनगर । मोरङका एक युवकले जन्मदिने आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ काकुमका ३१ वर्षीय जीवन लिम्बूले बिहीबार दिउँसो ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीअनुसार जीवनले इँटा प्रहार गर्दा देवीकुमारीको घटनास्थलमै मृत्यु भएको छ । आमाको हत्यापछि छिमेकीको भान्सा घरमा पुगेर जीवनले पनि आफ्नो घाँटी चक्कुले रेटेको र उपचारको क्रममा बेलबारी सामुदायिक अस्पतालमा मृत्यु भएको छ ।

खाना खान बोलाउँदा विवाद गरी चुल्होको इँटाले जीवनले आमालाई प्रहार गरेका थिए । घाँटी रेटेका जीवनको अत्यधिक रक्तश्राव भई मृत्यु हुन पुगेको प्रहरीको भनाइ छ । जीवन लागूऔषध प्रयोगकर्ता भएको बताइएको छ । बाह्रखरी बाट साभार

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु