#

दमक ८ का ५१ परिवारलाई राहत वितरण


दमक। झापाको दमकमा आज ५१ परिवारलाइ राहत वितरण गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण लकडाउनले दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाइ खाद्यान्नको अभाव भएको भन्दै दमक ८ का ५१ परिवारलाई राहत वितरण गरिएको हो ।

राहत दमक ८ को किराँत चौकमा वितरण गरिएको थियो । प्रत्येक परिवारलाई १५ केजी चामल तथा एक-एक केजी दाल र नुन वितरण गरिएको छ । राहत वितरणका लागि दमकका लक्ष्मी प्रसाद संग्रौलाले ७ सय ५० केजी चामल उपलब्ध गराएका थिए भने कुल बहादुर कट्वालले २५ केजी दिएका थिए । त्यस्तै नुन दमककै टंक पाठकको तर्फबाट र दाल कृष्ण तिम्सिनाले उपलब्ध गराएका हुन् ।

राहत वितरण कार्यक्रममा दमकका अधिकांश राप्रपाका नेता तथा कार्यकर्ताको उपश्थिति रहेको थियो ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु