काठमाडौँ । सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी) को छुट्टै स्थान छ । संसारका मानिसले यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौँ औषधीय गुणहरूले भरिएको हुन्छ ।

बेथे साग दुई किसिमका हुन्छन्, एक सामान्य हरियो पात भएको र अर्को रातो पात भएको हुन्छ । यसका तरकारी खानु अलावा थुप्रै औषधीय गुण हुन्छ जस्तै यसले खोकी लाग्ने समस्या र पित्तको नास गर्छ जसले रक्त विकार टाढा हुन्छ ।

पेट र कब्जियतका लागि बेथेको तरकारी एकदमै उत्तम मानिन्छ । बेथेको तरकारी नियमित सेवन गरेमा बाथ (युरिकएसिड), रक्त र त्वचा विकार टाढा हुन्छ । सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएका सबै प्रकारका विषहरुको निवारण गर्नु हो । यसकारण यसलाई विषदन नाम दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर