काठमाडौँ । घरगाउमा चिराईतो एककिसिमको बहुउपयोग जडिबुटी हो । यदि तपाईंमा खानाको स्वाद नआउने, ज्वरो, रुघाखोकी तथा घाउ खटिरा छ भने चिराईंतोको सेवन उपयोगी हुनसक्छ । यसको प्रयोग तागत दिने र पेटसम्बन्धी समस्याको समाधान, गर्भवती महिलको पिसाव थैली दुखेको समस्या, जोर्नीहरु दुखेको, छाला सम्बन्धी रोग, आँखा पोलेको कम गर्ने, दृष्टि बढाउने जस्ता कामको लागि अत्यन्त उपयोगी मानिन्छ ।

चिराईंतोलाई नेपालमा ठाउँ अनुसार अगल अलग नामले चिनिन्छ । कतै चिराइतो, कतै तिते, चरैतो, चिरैता त कनै तिक्ता नामले चिराईंतो चिनिन्छ । संस्कृत भाषामा यसलाई चिरतिक्तवा किराततिक्त भनिन्छ । करिब आधा मिटरदेखि डेढ मिटरसम्म अग्लो हुने चिराईतो शितोष्ण हिमालयको काश्मीरदेखि भुटान र भारतको मेघालयसम्म पाइन्छ । चिराईंतोमा चिरेटिन नामकतत्व पाइन्छ ।

जसलाई औषधीय हिसाबले महत्वपूर्ण मानिन्छ । मलेरिया ज्वरो आउँदासमेत चिराईतो ख्वाएमा बिरामी निको हुने मान्यता छ । चिराईतोमा औलिएनोलिक अम्ल र स्वर्सिया मेरिन भन्ने तत्व हुन्छ । जसले कपाललाई लामो बनाउनसमेत मद्दत गर्छ । प्राणघातक रोग क्यान्सरका बिरामीलाई समेत महत्वपुर्ण मानिने चिराईतो औलो ज्वरोको औषधी बनाउन प्रयोग गरिन्छ । यसको स्वादभने निकै तीतो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय