काठमाडौं – संसारमा विभिन्न अनौठा चालचलन र परम्परा छन् । संसारका बिभिन्न स्थानमा आफ्नो परम्परा अनुसार फरक फरक पशुपंक्षी र जीवहरुको पुूजा गर्ने गरिन्छ । हामिले तिहारको समयमा गाईलाई लक्ष्मी माता र कागलाई पनि पुजा गरेको देखेका छौं । तर भारतको यस्तो ठाँउ छ, जहाँ चमेरोको पूजा गर्ने गरिन्छ ।

भारतको बिहारमा गाई, काग जस्तै कमेरोको पूजा गरिन्छ । भारतको बिहारमा रहेको सरसई ९रामपूर रत्नाकर० मा रहेका मानिसहरुले महामारीबाट चमेरोले बचाउने भन्दै पूजा गर्ने गर्छन् । उनीहरुले जहाँ चमेरो बस्छ त्यहाँ धनको कमी नहुने विश्वास गर्छन् । त्यहाँका मानिसले राति कोहि आएपनि चमेरोले कराएर संकेत दिने बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय