#
अन्तराष्ट्रिय

जर्ज फ्लयडकाे मृत्युपछि अमेरिकामा श्वेत–अश्वेत राजनीतिक सरगर्मी

    १७ जेष्ठ २०७७, शनिबार १६:३६

अमेरिकाको मिनेपोलिस शहरसमेत कैयौँ ठाउँको सडकमा मानिसहरुको आक्रोश देखिएको छ । एक भिडियो क्लिप भाइरल भएपछि मानिसहरुको आक्रोश देखिएको हो, जुन भिडियोमा एक श्वेत प्रहरी अधिकारीले जर्ज फ्लयड नाम गरेको एक निहत्था अश्वेत व्यक्तिको गर्धनमा घुँडा राखेर उसलाई दबाइएको देखिन्छ । त्यसको केही मिनेटपछि ४६ वर्षीय जर्ज फ्लयडको मृत्यु भयो ।

जर्ज उनको आसपास रहेका मानिसहरु उनलाई छोडिदिन आग्रह गरिरहेको भिडियोमा देख्न सकिन्छ ।प्रहरी अधिकारीको घुँडामुनि दबिएका  जर्जले पटक–पटक भनिरहेका थिए, प्लिज, आई कान्ट ब्रिथ म सास फेर्न सकिरहेको छैन । यही उनको अन्तिम शब्द बन्यो ।

यो घटनाको जाँच चलिरहेको छ यद्यपि यो बारेमा पूरा जानकारी अहिलेसम्म प्राप्त भइसकेको छैन । जर्जको गर्धनमा घुँडा राख्ने प्रहरी अधिकारी डेरेक शाभिनलाई गिरफ्तार गरिएको छ । उनीमाथि हत्याको आरोप लगाइएको छ ।

त्यो भिडियो सार्वजनिक भइसकेपछि धेरै मानिस आक्रोशित छन् । यही कारण मिनेसोटा शहरसहित अमेरिकाको कैयौँ इलाकामा विरोध प्रदर्शन भइरहेको छ ।

नेशनल एसोसिएशन फर द एडवान्मेन्ट अफ् कलर्ड पिपलले एक बयान सार्वजनिक गर्दै भनेको छ, यो हरकत हाम्रो समाजमा अश्वेत मानिसविरुद्ध एक खतरनाक उदाहरण बनेको छ, जसले जातीय भेदभाव, जेनोफोबिया,विदेशी नागरिकलाई मन नपराउनु र पूर्वाग्रहबाट प्रेरित छ । बयानमा भनिएको छ, हामी अब अरु मर्न चाहँदैनौँ ।

यो घटनापछि अब अमेरिकामा जातीय हिंसाको इतिहासमाथि चर्चा सुरु भएको छ । अश्वेत मानिसविरुद्ध प्रहरीको ज्यादतीलाई लिएर मानिसहरुमा रिस बढिरहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्ज फ्लयडको परिवारलाई सान्त्वना दिएका छन् । तर उनको टिप्पणीको कारण उनको कडा आलोचना भइरहेको छ । उनले लेखे, जब लुट सुरु हुन्छ तब शूट गर्नु पनि जरुरी हुन्छ । यही कारण मिनेपोलिसमा बुधबार राति एक जना व्यक्तिलाई गोली हानिएको हो । यद्यपि पछि ट्रम्पले यसप्रति सफाइ दिँदै यो बयान नभइ तथ्य भएको बताएका थिए ।

एजेन्सी-

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु