राशिफल

हेर्नुहोस वि.सं.२०७७ जेठ १८,आइतवारको राशिफल


    सवाल नेपाल   १७ जेष्ठ २०७७, शनिबार २१:१४

वि.सं.२०७७ जेठ- १८,आइतवार, ई.सं.२०२० मे-३१ , शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,ज्येष्ठ शुक्लपक्ष तिथि-नवमी , १४:५० बजे उप्रान्त दशमी,नक्षत्र-उत्तरफाल्गुनी , २४:५२ बजे उप्रान्त हस्त,योग-वज्र , १४:४६ बजे उप्रान्त सिद्धि,करण-कौलव १४:५० बजेदेखि तैतिल , २५:३८ बजे उप्रान्त भद्रा,चन्द्रराशि-सिंह,आनन्दादि योग-मित्र,सूर्योदय-५:११, सूर्यास्त-१८:५३,दिनमान-३४ घडी १७ पला ।सर्वार्थसिद्धि योग अहोरात्र। विश्व धूमपानरहित दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –बन्द रहेको व्यापार व्यबसाय चलायमान गराउन सहज हुनेछ,साझे दारीको काममा संकट आउनेछ,शिक्षा क्षेत्रमा अबरोध आउनेछ,आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –तातो रिस गर्नाले काम बिग्रिनेछ,बोलीको अनर्थ लाग्न सक्छ,काम गर्दा अपमानित हुनुपर्ला, गुप्त रोगले सताउने छ,यात्रा घातक बन्ने छ , आर्थिकमा रुपमा सफल भइनेछ ,आजको शुभ अंक ८ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –सन्तान पक्षमा खुशीको योग छ,यात्रा रमाइलो हुनेछ,मान सम्मान मिल्नेछ ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,मनको इच्छा पुरा हुनेछ ,आजको शुभ अंक २ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –सामाजिक क्षेत्र मन जानेछ , स्वास्थ्यमा सुधार आउनेछ, चोट पटक लाग्ने योग छ,दाजु भाई बीच मनमुटाव हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला, बोलीमा विचार पुराउनु होला ,धार्मिक कार्यमा मन जाला,आजको शुभ अंक ८ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–समय राम्रो छ ,गोपनीयतामा ख्याल गर्नु होला,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,मनले सोचेको काम पुरा हुनेछ , समयले साथ दिनेछ ,आजको शुभ अंक १ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,सत्यको बिजय हुनेछ ,स्वास्थ्यमा समस्या आउने छ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ११ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,आर्थिक संकट पर्ने देखिन्छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,पारिवारिक विवाद होला,आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–झुटको आरोप लाग्न सक्छ,यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,गुप्त रोगले सताउने छ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –बोलीको उचित सम्मान हुनेछ,कामले गर्दा परिवार लाइ समय दिन नसक्दा विवाद हुनेछ,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–संकल्प गरेको काम सफल हुनेछ,खानेकुरामा विचार पुराउनु होला,शारीरिक मानसिक पिडा बढ्ने छ,बोलीमा बिचार पुराउनु होला,आजको शुभ अंक ९ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –पारिवारिक बिबाद बढ्ने छ, दैनिकी कार्यमा अबरोध आउनेछ,शत्रु हावी हुनेछन ,यात्रामा विचार पुराउनु होला,परिवारमा रमाइलो हुनेछ , आजको शुभ अंक ३ रहेको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु