मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –स्वास्थ्यमा समस्या आउने छ,गोपनीयतामा ख्याल गर्नु होला,भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्, सत्यको बिजय हुनेछ ,आजको शुभ अंक ८ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –यात्रा घातक बन्ने छ ,आर्थिकमा रुपमा सफल भइनेछ ,लामो समय देखि तनाव रहेको काम बन्ने योग खिन्छ,समय राम्रो छ ,आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –साझे दारीको काममा संकट आउनेछ,प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ,मनले सोचेको काम पुरा हुनेछ ,आजको शुभ अंक ९ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –शत्रु हावी हुनेछन ,यात्रामा विचार पुराउनु होला,बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्,गुप्त रोगले सताउने छ,आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ,बोलीको अनर्थ लाग्न सक्छ,हिम्मत गर्दा जटिल काम समेत  सम्पादन हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,तातो रिस गर्नाले काम बिग्रिनेछ,सन्तान पक्षमा खुशीको योग छ,काम गर्दा अपमानित हुनुपर्ला,आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ,मनको इच्छा पुरा हुनेछ ,आजको शुभ अंक ११ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–बोलीको उचित सम्मान हुनेछ,गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ,आलस्य त्यागेर मिहिनेत  गर्नुपर्ने समय छ,आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,दैनिकी कार्यमा अबरोध आउनेछ,किनमेल गर्दा सजग रहनु होला,सामाजिक क्षेत्र मन जानेछ ,आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–शारीरिक मानसिक पिडा बढ्ने छ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,खानेकुरामा विचार पुराउनु होला,परिवारमा रमाइलो हुनेछ ,आजको शुभ अंक ८ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –दाजु भाई बीच मनमुटाव हुनेछ,छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला, बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक १ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय