#

कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको राप्रपा अध्यक्ष राणाको भनाइ


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले लोकहित र लोकसम्मति विपरित कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको बताउनु भएको छ । आज विज्ञप्ती जारी गर्दै अध्यक्ष राणाले विज्ञप्ती मार्फत यस्तो बताउनु भएको हो । सरकारले यहि जेठ २५ गते भित्र कर तिर्न उर्दी जारी गरिसकेको छ ।

विज्ञप्तीमा भनिएको छ , “अर्थमन्त्रीको अनर्थको धम्की लोकहित, लोकसम्मति विपरित छ । असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको छ । ७२ दिन यता देश बन्दाबन्दीमा छ । बन्द व्यापार, व्यवसाय ठप्प छ । कर भनेको आम्दानी या सुविधा बापतको हो जबकि अहिले न आम्दानी छ न सुविधा”।

असाधारण संकटमा समयसीमा तोकेरै कर तिराउने सरकारको निर्णयलाई राप्रपा अध्यक्ष राणाले अर्थमन्त्रीको अनर्थको धम्कीको संज्ञा दिँदै विरोध गर्नु भएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु