काठमाण्डौं। अन्ततः चौतर्फी आलोचना र विरोध भएपछि सरकार कर तिर्नुपर्ने मिति सार्न बाध्य भएको छ । आज आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले आज नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

सरकारले लकडाउन अवधिमा नै व्यवसायीहरुलाई कर तिर्नुपर्ने सूचना जारी गरेपछि भएको विरोधमा अर्थ मन्त्रालय र व्यवसायीबीच सहमति जुटेको हो। उद्योग वाणिज्य महासंघको टोली र अर्थसचिव शिशिर ढुंगानासँग भएको छलफलपछि कर भुक्तानी गर्ने मिति परिवर्तन गर्ने सहमति जुटेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय