केबि महरा/काठमाडौँ :— पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।

साथै कोरोना बाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ , नवौ ब्यक्ती ओखलढुंगाका ७६ बर्षिय पुरुष रहेका छन्। जसको शिक्षण अस्पतालमा आईसियुमा राखी उपचार भैरहेको थियो ।

हाल सम्म संक्रमित पुरुषहरुको संख्या २ हजार १०३ तथा महिला संक्रमितको संख्या १७० रहेको छ । भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमित जिल्ला ६४ पुगेको छ ।

बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि तथा थप एक को मृत्यु भएको जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय