यौन समस्याहरु :
१. महिलामा यौन चाहना कम हुने समस्या के कारण हुन्छ?
— प्राय ४० नाघेपछि (वा उमेरसंगै महिनावारी कम हुने वा रोकिने) महिलामा estrogen hormone को उत्पादन कम हुने गर्छ जसले गर्दा यौन अंगको भित्रि भाग (vagina) सुख्खा हुने, vaginal wall /lining पातलिदै जाने, दुख्ने, यौन चाहना कम हुने आदि समस्या बिस्तारै सुरु हुन्छ । यस्तो अवस्थामा gynecologist को मा गएर estrogen hormone level चेक गर्नु पर्छ । यदि estrogen hormone कम भएको छ भने vagina (याद गर्नुस बाहिरी भाग होइन, भित्रि भाग) मा लगाउने estrogen cream, ring, tablet (भित्र लगाउने) प्रयोग गर्नु पर्छ । यदि रगतमा estrogen hormone level लगभग normal छ तर माथि भनिएका लक्षणहरुले देखिएका छन् भने पनि लगाउने estrogen प्रयोग गर्न मिल्छ तर hormone level बेलाबेलामा जांच गरिरहनु पर्छ । यी औषधिहरु (प्राय) पहिलो दुई हप्ता प्रत्येक दिन त्यसपछि हप्ताको दुई दिन प्रयोग गर्नु पर्ने हुन्छ । यी औषधि धेरै प्रकारका हुन्छन त्यसैले आँफु खुसि प्रयोग गर्नु हुँदैन र gynecologist संग नियमित consult गरिरहनु पर्छ । Estrogen ले menopause का लक्षण जस्तै अत्याधिक पसिना आउने, शरीरनै हफ्हफ्ती भएको महसुस हुने (hot flashes), मन आत्तिने, अनावास्येक चिन्ता हुने (mood swings) लाई पनि समाधान गर्छ । बुढेसकालमा हड्डी कम्जोर हुने समस्या (osteoporosis) लाई पनि कम गर्छ ।
— दुखाई केहि छैन, चिन्ता केहि छैन तर यौन (sexual intimacy/intercourse) मा आकर्षित हुनै नसक्ने समस्या छ भने testosterone hormone को कमि हुन सक्छ। यदि यसको कमीले हो भने Testosterone hormone cream (gel) inner thigh मा दिनहु वा हप्ताको ३ दिन जति वा testosterone pallet (injection) प्रत्येक ३-६ महिनामा लगाउनु पर्छ। Hormone level normal छ भने पनि cream लगाउन मिल्छ तर gynecologist संग नियमित consult गरिरहन पर्छ ।Testosterone को कमिले गर्दा थकित हुने, शरीरको मांशपेशी पातलिदै जाने, केहि गर्न पनि उत्साहित नहुने, जाँगर नचल्ने हुन सक्छ । बच्चा पाउने उमेरकोले testosterone को प्रयोग गर्दा birth control pills पनि प्रयोग गर्नु पर्छ किनकि testosterone लिदा बच्चा भयो भने गर्भ खेरा जान सक्छ ।
— १५ देखि २५ बर्ष उमेरका युवतीमा यौन सम्बन्ध राख्ने बित्तिकै (sexual intercourse हुँदा) अचानक vagina वरिपरिको मांशपेशी खुम्चिने (spams) समस्या हुन सक्छ, जसलाई Vaginismus भनिन्छ । यस्तो हुनुको कारणहरु धेरै हुन सक्छन । कसैको vagina वरिपरिको नजिकको pelvic floor muscle ले काम नगरिदिदा पनि यस्तो हुन्छ । कसैलाई psychological समस्याले हुने गर्छ; जस्तै: कुनै युवतीलाई सानै देखि “छोरी मान्छे भएर यस्तो गर्नु पर्छ, उस्तो गर्नु पर्छ, यस्तो गर्नु पाप हो, लोग्ने मान्छेको अगाडी यसरी ब्यबहार गर्नु पर्छ, कुर्शीमा बस्दा यसरी बस्नु पर्छ” आदि बारम्बार भनिदिंदा सानै देखि यी कुराहरु मस्तिष्कमा गड़नाले उनीहरु यौनको मामलामा संकुचित हुने, खुल्न नसक्ने, यस बारे बोल्न नसक्ने, रम्न नसक्ने, हुँदै गएर पछि vagina automatically spasm हुने (खुम्चिने) र intercourse गर्नै नमिल्ने हुन्छ । सानै उमेरमा आफन्त वा अन्यबाट molested वा raped भएको तर कसैलाई भन्न नसकेको वा राम्रोसंग mental process गर्न नसकेको, राम्रो मानसिक उपचार नभएको युवतीलाई धेरै साल वा जिबनभर यो समस्या रहन सक्छ । उपचारको लागि Kegal exercise र vaginal dilator ले धेरैलाई काम गर्छ l यदि यी दुवै गर्दा पनि समस्या एक साल भन्दा लामो रहेको भए vagina को wall मा Botox injection लगाउनु पर्ने हुन्छ ६-६ महिनामा ।
— कसैको vaginal wall मा प्रसस्त lubrication नहुदा दुख्ने, भित्र चोट पुग्ने, रगत आउने वा खोस्रिने हुन्छ । यस्तो बेलामा lubricating jelly लगाउनु पर्छ intercourse अगाडी ।
— गर्भाशय र यस वरिपरिका भागमा बिभिन्न खाले रोगहरु लाग्दा पनि intercourse हुँदा सहनै नसकिने गरि दुख्ने हुन्छ । यस्तो भएको छ भने gynecologist को मा गएर check up गराउनु पर्छ ।
— कुनै रोग छैन, कुनै hormone को कमि पनि छैन वा hormone cream लगाउदा पनि यौनमा इच्छ्या अझै भएन भने Addyi (flibanserin) को प्रयोग गर्न सकिन्छ । Gynecologist को prescription बिना आँफु खुशी प्रयोग गर्नु हुँदैन ।
— कसैको clitoris मा blood flow कमि हुने समस्याको कारण यौनमा कम चाहना हुन सक्छ । Clitoris कसरी stimulate गर्ने भनेर आफ्नो gynecologist संग सल्लाह लिन सकिन्छ । Medical vibrator को पनि प्रयोग गर्न मिल्छ । आफ्नो partner मा यस्तो समस्या छ भने कसरी समाधान गर्ने भनेर पुरुषले urologist संग consult गर्नुस ।
— युवतीहरुमा आंफुले खाइरहेको birthcontrol pills ले गर्दा पनि sexual desire कम हुन सक्छ ।
— कसैमा depression, anxiety वा अन्य मानसिक समस्याको लागि खाएको औषधिको कारण पनि यौन चाहनामा कमि हुन सक्छ । यदि मिल्छ भने psychiatrist संग कुरा गरेर औषधिको dose घटाउने, बन्द गर्ने वा अर्को प्रकारको औषधिको प्रयोग गर्नु पर्छ । आँफु खुसि बन्द भने गर्नु हुँदैन । Depression, anxiety वा अन्य मानसिक समस्याले यौनमा आकर्षण घटाउँछ; फेरी यसको उपचार गर्दा औषधिले पनि घटाउन सक्छ । त्यसैले यो अति संबेदनशिल प्रक्रिया हो । निकै ध्यान दिनु पर्छ यस बिसयमा । समय लिएर psychiatrist संग कुरा गर्नु पर्छ ।

२. पुरुषमा स्तंभन दोष (erectile dysfunction) के कारण हुने गर्छ र यसको उपचार कसरी गर्ने?
— Sexual intercourse गर्ने बेलामा पुरुषको यौन अंग (penis) उत्तेजित (erection) नहुने वा लामो समय erection नहुने समस्यालाई erectile dysfunction भनिन्छ । ४० बर्षको उमेर पछि यो समस्या लगभग ५०% जतिलाई हुन सुरु हुन्छ । तर कसैको सानै उमेरमा पनि हुन सक्छ । यस्तो हुनुका medical कारणहरु यस प्रकार छन्: diabetes (मधुमेह), उच्चरक्तचाप, अत्याधिक चुरोट-रक्सि खाने बानी, psychological समस्या (anxiety, depression, PTSD), neurological समस्या (Parkinson’s disease, multiple sclerosis आदि), prostate को समस्या, testosterone hormone को कमि, कामको निकै थकान, निन्द्रामा समस्या, दीर्घरोगको उपचारको लागि खाई रहेको बिभिन्न औषधिको कारण र अन्य धेरै ।
— यसको उपचारको लागि पहिला कुन कारकतत्व हो त्यसको निवारण तर्फ लाग्नु पर्छ । कुनै कारण पत्ता लागेन भने शारीरिक र मानसिक थकित हुने कामहरु नगर्ने, राम्रो diet गर्ने (protein युक्त खाना, प्रसस्त पानी, फलफुल र फलफूलको रस खाने), हप्तामा ३ दिन जति शरीरको मांशपेशी बढाउने fats घटाउने exercise गर्ने, तौल ७० केजीको आसपासमा राख्ने । यसको लागि gym join गर्नु पर्ने हुन सक्छ ।
— Healthy diet र exercise ले मात्र भएन र testosterone level पनि normal नै छ भने Viagra (sildenafil) {intercourse भन्दा एक घण्टा अगाडी खाने, अरुबेलामा पर्दैन}, Cialis (vardenafil) {दिनहु खाने} र अन्य यस्तै खाले औषधिकोको प्रयोग गर्न सकिन्छ । यो औषधि मुटुको समस्या हुनेले प्रयोग नगर्दा ठिक हुन्छ । लगाउने वा खाने nitroglycerin औषधि लिनेले Viagra र Cialis प्रयोग गर्नै हुँदैन । त्यसैले यस्ता औषधिहरु डाक्टरको सल्लाह बिना प्रयोग गर्नु हुँदैन।

३. Premature ejaculation (शिघ्र पतन) को समस्या भए के गर्ने?
— Sexual intercourse १ मिनेट भन्दा कम हुने वा intercourse हुनु अगाडीनै ejaculate हुने समस्यालाई premature ejaculation भनिन्छ । यो दुई प्रकारको हुन्छ । (पहिलो) बन्शाणुगत वा sexual activity को पहिलो experience देखिनै भएको, (दोश्रो) पछि गएर भएको ।
— पछि गएर भएको समस्या (प्राय) ३५-४० बर्षको उमेर पछि आँफै समाधान हुने गर्छ । शुरु देखिनै भएको भने कहिल्यै समाधान हुँदैन या सोंचे जस्तो कहिल्यै समाधान हुँदैन ।
— यी दुवै खाले समस्या हुनेमा कुनै किसिमको शारीरिक र मानसिक थकान छ भने पहिले त्यसको समाधान गर्न तर्फ लाग्न पर्छl Diet राम्रो गर्ने, नियमित exercise गर्ने तर शरीरलाई पुग्ने rest पनि दिने । यसो गर्दा पनि भएन भने intercourse अगाडी penis को glans मा numbing medicine (lidocaine spray वा gel) लगाउनु पर्छ । यो औषधि लगाएपछि condom को प्रयोग गर्नु पर्छ ।
— Urologist ले pinching, squeezing, internal breathing, distraction, kegal exercise आदि technique सिकाउँछन् तर यी तरिकाले निकै कमलाई मात्र काम लाग्ने र कतिपय techniques झन्जटिलो र practical नहुने हुन्छन ।
— कसै कसैलाई depression र anxiety को लागि प्रयोग हुने औषधिले ejaculation delay गराउने काम गर्छ । सबैलाई एउटै औषधिले काम गर्दैन, फरक व्यक्तिलाई फरक औषधि चाहिन्छ । त्यसैले कुनले काम गर्छ भनेर औषधि परिबर्तन गर्दै, experiment गर्दै गर्नु पर्ने झन्झट र भनेको जस्तो काम पनि नहुने कारणले यी औषधि धेरैले प्रयोग गर्न गार्हो मान्छन् । मैले आफ्ना बिरामीलाई यी औषधि prescribe गर्न छाडेको करिब दुई बर्ष भो । काम गर्छ भने यी औषधिहरु प्रयोग गर्न मैले निर्हुत्साहित गर्दिन ।
–मेरो अनुभबमा धेरै जसोलाई काम गर्ने तरिका यस्तो छ: Intercourse हुनु भन्दा १ घण्टा अगाडी viagra (sildenafil) 25-50 mg को प्रयोग गर्ने। यो औषधिको side-effect निकै खतरनाक हुने हुँदा डाक्टरको प्रत्यक्ष निगरानीमा मात्र खानु पर्छ। धेरैलाई २-३ घण्टा सामान्य टाउको दुख्ने समस्या हुन सक्छ। यो औषधि पुरुषलाई मात्र काम गर्छ र धेरैलाई कुनै नकारात्मक खराबी गर्दैन तर मुटुको समस्या हुनेले, nitrate (nitroglycerine) वा यी औषधिसंग मिल्दो नाम वा यो औषधिले जस्तै गरेर काम गर्ने औषधि वा high blood pressure को औषधि खानेले viagra (sildenafil) खाँदा ज्यान जान पनि सक्छ विचार गर्नुहोला। औषधिको dose जति धेरै भो र जति लामो समय प्रयोग गर्यो उतिनै धेरै असर गर्न सक्छ। त्यसैले औषधि खान मिल्ने पनि सकेसम्म कम dose र एक महिनामा १० पटक भन्दा धेरै नलिन सल्लाह दिन्छु।

४. Delayed ejaculation को समस्या भए के गर्ने?
— धेरै जस्तो यो समस्या बिभिन्न दिर्घरोगकोको कारण, ति रोगको उपचारको निम्ति खाईरहेको औषधिको कारण, ढाडको नसाको समस्याको कारण हुन सक्छ । यसको कुनै अचुक उपाय छैन । कसैलाई लामो समय foreplay गरेपछि मात्र intercourse गर्दा समाधान हुन सक्छ ।

५. महिला र पुरुषमा hypersexuality को समस्या कसरी समाधान गर्ने?
— शुरुमा आँफुलाई निकै active राख्ने, sports मा नियमित भाग लिने, दिनको २-३ किमि दौडने । यसो गर्दा पनि भएन भने psychiatrist को मा गएर evaluate गराउने । Psychiatrist ले शुरुमा एक थरि अनि बिस्तारै दुई-तीन थरिसम्म औषधि दिन्छन । दिमागमा पनि निकै sexual सम्बन्धि obsessive thoughts आउने र यसले आफ्नो दैनिकी, काम, सम्बन्ध बिगार्न थालेको छ भने psychodynamic psychotherapy र cognitive behavioral therapy लिनु पर्छ ।
— यदि कोहि लोग्ने मान्छे उमेर ५० नाघी सक्यो, sex मा लत छ र psychiatrist ले दिएको therapy र औषधि प्रयोग गर्दा पनि समाधान भएन; सोहि लतको कारण श्रीमतीसंग सम्बन्ध बिग्रिएको, आंफुमा sexually transmitted illness लागि सकेको वा लाग्ने डर भएको, जेल नै गइन्छ कि भन्ने डर भएको, समाजमा मुख देखाउन पनि लाज हुन थालेको र अब यो लत समाधानको लागि जस्तो उपाय पनि गर्न तयार छु जस्तो स्थिति भएको छ भने chemical castration गर्दा हुन्छ । यसको लागि endocrinologist संग भेट्नु पर्छ । निकै controversial कुरा हो यो । यदि तपाईंको endocrinologist मान्छन भने औषधि शुरु गर्दा हुन्छ ।

६. ६५-७० नाघेका बुढाबुढी कसरी अचानक hypersexual हुने गर्छन?
— उमेर संगै दिमागमा कोषहरु सुक्दै, मर्दै गर्छन। Dementia लगाएत अन्य धेरै रोग जसमा दिमागका यस्ता भागका कोषहरु चांढो नस्ट हुन्छन । जसको कारण उक्त व्यक्तिले पारिवारिक र सामाजिक जिम्मेबारी के हो, sexual urges र behaviors कुन ठाउँमा हुनु असामान्य हो, मन, इच्छ्या र आवेकको नियन्त्रण कसरी गर्ने, कुन ठाउँमा के ठिक के बेठिक आदि कुराहरु अब ठिक तरिकाले संयोजन गर्न सक्दैन । यहि कारणले गर्दा hypersexual ब्यबहार देखाउँछन् कोहि l सबै dementia भएको व्यक्तिमा यस्तै हुने गर्छ भन्ने पनि होइन । कसैमा औषधिहरु जस्तै ropinirole, carbidopa/levodopa आदि ले बुढाबुढीमा hypersexual हुने र तास-जुवाको लत बस्ने बनाउन सक्छ । यस्तो अवस्थामा neurologist वा psychiatrist संग सल्लाह लिनु पर्छ । Bipolar I (One) छ भने पनि यो समस्या कहिले काहीं देखिन सक्छ ।

डा. कल्याण सुवेदी,
DNP, PMHNP अभ्यास: लेक्सिंगटन, केन्टकी, संयुक्त राज्य अमेरिका विशेषज्ञता:- बच्चा र वयस्क मनोरोग विशेषज्ञ हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय