#

एमसीसी महाकाली भन्दा पनि घातक सन्धि भन्दै काठमाडौंमा विरोध प्रदर्शन


काठमाडौं, २१ जेठ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा विप्लव निकट व्रिदोही नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा पनि प्रदर्शन गरेको छ ।

देशभर विरोध कार्यक्रम जारी राख्ने नीति अनुरुप अनेरास्ववियुका विद्यार्थीहरुले बुधबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

बिभिन्न नारा लगाउँदै प्रदर्शनमा उत्रिएका उनीहरुले एमसीसी कुनै पनि हालतमा पारित गर्न नदिने चेतावनी समेत दिएका छन् ।

विरोधमा प्रदर्शनको क्रममा विद्यार्थी नेता रबिन जङ बस्नेतले एमसीसी महाकाली सन्धि भन्दा राष्ट्रघाती सन्धि भएको भन्दै यसको विरोधमा निरन्तर प्रदर्शन जारी राखिने बताए ।

लकडाउनकोबीच पनि उनीहरुले सडकको बिचमा बसेर प्रदर्शन गरेका थिए ।
साभार : न्युज २४

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु