#

प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण


दैलेख : जिल्लाको भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापामाथि बुधबार आक्रमण भएको छ। भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेकाहरुले अधिकृत थापामाथि आक्रमण गरेका हुन्।

उनीहरुले अधिकृत थापासहित भैरबी गाउँपालिकाका–४ का वडाध्यक्ष वीरेन्द्र शाही, क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परिक्षणका लागि खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। गाउँपालिकाको भवनदेखि २ सय मिटरको दुरीमा रहेको स्थानीय एक व्यक्तिको घरमा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेकाहरुले आक्रमण गरेका हुन्।

बुधवार क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो। आरडीटी परीक्षणमा एन्टीबडी नेगेटिभ देखिएकाहरुलाई घर पठाउन खोज्दा आक्रमण भएको गाउँपालिकाका एक कर्मचारीले बताए। घर पठाउन तयारी गरिरहेको बेला गाउँपालिकाको स्टोर हेर्न पाउनु पर्ने माग राख्दै करिब ४६ जनाको समुह आन्दोलनमा उत्रिएका थिए। उनीहरुले गाउँपालिकाको स्टोर हेर्न पाउनुपर्ने भन्दै ढुंगामुढासमेत गरेका थिए। आक्रमणबाट प्रमुख प्रशासकीय अधिकृत थापा घाइते भएका छन्। थापाको छात्ती, टाउको, निधार र गालामा चोट लागेको छ।

उक्त घटनामा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको छ। घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कानुनी कारबाहीको दायरामा ल्याउने जल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) हरिबहादुर ओलीले बताए। अन्नपूर्ण पोष्टमा खबर छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु