राशिफल

हेर्नुहोस वि.सं.२०७७ जेठ २३,शुक्रवारको राशिफल


    सवाल नेपाल   २२ जेष्ठ २०७७, बिहीबार २०:५६

वि.सं.२०७७ जेठ- २३,शुक्रवार, ई.सं.२०२० जून- ५ , शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,ज्येष्ठ शुक्लपक्ष तिथि-पूर्णिमा , २५:११ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-अनुराधा , १७:२१ बजे उप्रान्त ज्येष्ठा,योग-सिद्ध , २१:१८ बजे उप्रान्त साध्य,करण-भद्रा १४:०४ बजेदेखि वव , २५:११ बजे उप्रान्त तैतिल,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-राक्षस,सूर्योदय-०५:१०, सूर्यास्त-१८:५६ दिनमान-३४ घडी २५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,समय राम्रो छ ,यात्रा घातक बन्ने छ ,आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –आफन्तको विश्वास पर्दा धोका हुनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –तातो रिस गर्नाले काम बिग्रिनेछ,शत्रु हावी हुनेछन ,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, बिग्रिएको काम बन्ने योग छ,आजको शुभ अंक १० रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,काम गर्दा अपमानित हुनुपर्ला,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –सेवामूलक काम सम्पादन गर्न सकिनेछ,पशुधन र जमिनबाट लाभ हुनेछ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–विवाद तथा मुद्दामा आफ्नो पक्ष बलियो रहनेछ,स्वास्थ्यमा समस्या आउने छ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –गोपनीयतामा ख्याल गर्नु होला,खानेकुरामा विचार पुराउनु होला,दैनिकी कार्यमा अबरोध आउनेछ,किनमेल गर्दा सजग रहनु होला,यात्रामा विचार पुराउनु होला,आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,साझे दारीको काममा संकट आउनेछ,शत्रु र रोगबाट छुटकारा मिल्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,मनको इच्छा पुरा हुनेछ ,आजको शुभ अंक ११ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ, गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक १ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ,बोलीमा विचार पुराउनु होला,व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –सामाजिक क्षेत्र मन जानेछ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,गुप्त रोगले सताउने छ, बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक २ रहेको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु