अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी चिट्ठाको नतिजा आज प्रकाशन हुदैछ। अमेरिकी दूतावासका अनुसार डीभी चिठ्ठाको नतिजा नेपाली समय अनुसार आज राति पौने दश बजे प्रकाशन हुने छ।

त्यसका लागि कन्फर्मेसन नम्बर प्रयोग गरी  https://dvprogram.state.gov  मा नतिजा हेर्न सकिने दूतावासले जनाएको छ। नम्बर बिर्सनुभएको छ भने पनि  Forgot Confirmation Number  मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जानकारी दिएको छ।

‘दूतावासले भनेको छ, ‘डीभीबारे फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछ ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ।’ अमेरिकामा रहेका नेपालीले ९७०३०९८८९३४२८ मा सम्पर्क गरी सोधपुछ गर्न सक्ने पनि दूतावासको सूचनामा उल्लेख छ।

दूतावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल तथा चिट्ठी या अन्य अनुरोध नपठाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर