इटहरी।  सुनसरीको इटहरीमा शिव सेना नेपालले राँके जुलुस निकालेको छ । सरकारले राष्ट्रघाती एमसीसी पारीत गर्न लागेको भन्दै शिव सेनाले विरोध गर्नु परेको जनाएको छ ।

शिव सेना सुनसरीका अध्यक्ष हिरा आचार्य सहित सुरज कँडेल,सुबास घिमिरे लगायतले राँके जुलुसको नेतृत्व गरेका थिए । सयौको संख्यामा निकालिएको राँके जुलुसमा राजा आउँ देश बचाउ सम्मका नारा समेत लगाएका थिए ।

उनीहरुले एमसीसी खारेज गर, नेपालको नक्सा कायम गर, हिन्दु राष्ट्र कायम गर लगायतका नारा समेत लगाएका थिए । राँके जुलुस पछि भएको कोण सभामा बोल्ने बक्ताहरुले एमसिसी पारित गरे ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिएका थिए ।

उनीहरुले एमसीसीलाई राष्ट्रघाती समेत भनेका छन् । त्यस्तै नयाँ नक्सा लागु गर्नु पर्ने । लिम्पिया धुरा लिपुलेक नेपालकै भएको भन्दै नयाँ नक्सा जारी गरेर मात्र नहुने तत्काल लागु गर्नुपर्ने भन्दै सरकार विरुद्ध आक्रोस समेत पोखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर