बद्री बराल

लकडाउन वा बन्दाबन्दी लामो समयको समाधान नभएको सबैलाई थाहा नै छ। केही निश्चित समयको बन्दाबन्दी पछि पुन पहिलेकै अवस्थामा आईपुग्न अझै केही समय लाग्न सक्दछ । राज्यले लकडाउनलाई खोल्ने निष्कर्षमा पुग्नु अगावै कडाइसाथ कार्यन्वयन गर्ने गरि निश्चित नियमहरू बनाई सार्वजनिक जानकारी गराउनु पर्दछ । लकडाउन खोल्नु अगाडि न्युनतम मापदण्ड तयार गर्नु उपयुुक्त हुन्छ। स्थानीय तहले तयारी गर्नुपर्ने न्युनतम मापदण्ड मोडेलका बारेमा यहाँ उल्लेख गरेको छु।

१. प्रत्येक व्यवसायीरसेवा संस्था तथा प्रतिष्ठानमा निम्न कुराको सुनिश्चितता हुनु पर्दछ ।
क. आफ्नो र सेवाग्राहीहरू विचको दुरिको सुनिश्चितता ।
ख. हात धुनका लागि साबुनपानीको सुनिश्चितता ।
ग. सेवाग्राही तथा उपभोक्ताले आफुलाई चाहिने सरसामान तथा वस्तुलाई परिक्षण (ट्रायल) नगरि लिनेकुराको सुनिश्चितता ।
घ. आफ्नो ग्राहक तथा सेवाग्राही संग उपयुक्त माक्स भएको सुनिश्चितता ।
२. कुनैपनि स्वास्थ्य सम्बन्धि समस्या आएमा सम्पर्क गर्न सकिने कम्तीमा दुईवटा टोल फ्रि हटलाईन नम्बरको ब्यवस्था गर्नु पर्दछ।
३. कुनैपनि स्वास्थ्य समस्या भएमा नजिकैको स्वास्थ्य संस्था सम्म समयमा नै पुग्न सकिने गरि सवारीसाधन ९एम्बुलेन्स०को व्यवस्था गर्नु पर्दछ।
४. स्थानीय निकाय भित्र रहेका सरकारी, संस्थागत तथा निजी स्वास्थ्य संस्थाहरूलाई जुनसुकै प्रकारका बिमारीको न्युनतम प्राथमिक उपचार गर्ने व्यवस्था गर्नु पर्दछ।
५. स्वास्थ्यकर्मीहरूको द्रुतगति प्रतिकार्य समिती गठन भएको हुनु पर्दछ। संग सगैं आईस‍ोलेसन वार्डको पहिचान तथा सुनिश्चितता हुनु पर्दछ।
६. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरोकारवाला सहितको अनुगमन तथा निरीक्षण टोली व्यवस्थापन गर्नु पर्दछ।

कम्तीमा यी माथि उल्लेख गरिएका कुराहरूलाई लागु गरेर बन्दाबन्दि (लकडाउन) हटाउन सकियो भने पक्कै पनि आ-आफ्नो स्थानीय निकायलाई सुरक्षित राख्न सकिन्छ । अन्तिममा सचेत बनौं, दुरि कायम गरौ र धेरै भन्दा धेरै पटक साबुनपानीले हात धुने गरौ।

-लेखक दमक नगरपालिका झापाका जनस्वास्थ्य निरीक्षक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय