दमक। झापाको दमक नगरपालिकालाई आज दमकका तीन संघ संस्थाले ज्ञापन पत्र बुझाएका छन् । दमक उद्योग बाणिज्य संघ,नेपाल घरबेटी संघ र नेपाल घरबहाल उपभोक्ता हकहित संघले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीलाई सो पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, प्रथम उपाध्यक्ष राजु खड्का, घरबहाल उपाभोक्ता हकहित संघका केन्दीय उपाध्यक्ष सीताराम खतिवडा लगायत तीन ओटै संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

उनीहरुले कोरोना भाइरसका कारण लगाइएको लकडाउनले लामो समय सम्म उद्योग तथा व्यापार व्यवसाय ठप्प हुँदा आर्थिक गतिविधी शुन्य आवस्थामा रहेको, बैक तथा वित्तिय संस्थाहरुको किस्ता तथा बैक व्याज,घरभाडा,कर्मचारी पारिश्रमिक, कर तथा राजश्व, जस्ता अनेकौ खर्च धान्न अत्यन्त कठिनाई भएको, लकडाउनको अन्त्य कहिले हुने भन्ने समयसीमा समेत अन्यौल रहेको भन्दै हाल समान्य जनजिवन धान्न लाई पनि समस्या भई रहेको अवस्थामा व्यवसायी र घर धनीविच घर भाडा को विषय समेत जटिल समस्याको रुपमा देखिएको भन्दै यसको निराकरण गर्न पहल गरिदिन भन्दै पत्र बुझाएका हुन् ।

पत्रमा सम्पति कर,व्यवसाय कर एवं घरवहाल कर, छुट गर्न, विभिन्न वैक तथा वित्तिय संस्थाहरु वाट लिएको ऋणको वैक व्याजदर शैक्षिक शुल्क ,। विद्युत,खानेपानी, टेलिफोन लगायतका महशुलमा छुट को व्यवस्था गर्न शसक्त मुमिका निर्वाह गर्न अनुरोध समेत गरिएको छ । त्यस्तै कुनैपनि बैठक तथा छलफलको आयोजना गरिदा सम्वन्धित निकायहरु नेपाल घरभेटी संघ,नेपाल घरबहाल उपभोक्ता हकहित संघ र दमक उद्योग वाणिज्य संघ समेतको सहभागीतामा मात्र निर्णय हुने व्यवस्था मिलाउन भनिएको छ ।

हिजो दमक उद्योग बाणिज्य संघमा बसेको तीन संस्थाको बैठकले नगरपालिकासँग सहजताका लागि सुझाव सहित माग पत्र बुझाउने निर्णय गरेको थियो । बैठकमा घरबेटी संघका अध्यक्ष मेहरमान लिंदेन,उपाध्यक्ष नारायण प्रसाद अधिकारी, घरबहाल उपाभोक्ता हकहित संघका केन्दीय उपाध्यक्ष सीताराम खतिवडा, जिल्ला अध्यक्ष विनोद निरौला, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष गोपाल गुराँगाई, प्रथम उपाध्यक्ष राजु खड्का लगायतको उपस्थिति रहेको थियो । सोहि निर्णय अनुसार आज पत्र बुझाइएको प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय