दमक। लायन्सकर्मी द्धोय विमल शर्मा र ज्ञानु पौडेल लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक ३२५ ए वानको क्रमशः रिजन चेयर पर्सन र जोन चियर पर्सनमा मनोनित हुनु भएको छ ।

वहाँहरुलाई डिस्ट्रीक ३२५ ए वानका गभर्नर टंक बहादुर श्रेष्ठको डिजी टिमले मनोनित गरेको हो । शर्मा संगम स्विट्स तथा संगम इन्टरप्राइजेजका संचालक हुन् भने पौडेल दमक किचन गुड्सका सञ्चालक हुन् ।

मनोनित भएपछि सवाल नेपालसँगको कुराकानीमा शर्माले खुसी व्यक्त गर्दै भन्नु भयो समाजसेवामा रमाउने भएकाले यसले थप उत्साहित बनाएको छ । नाम भन्दा पनि समाजसेवामा लाग्दा गर्व महशुस भएको छ । त्यस्तै पौडेलले मनोनितले थप उर्जा मिलेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय