#

दमकको क्वारेन्टाइनमा ४ बर्षीय बच्च्चा सहित ३९ जना


दमक। यतिबेला देशभर कोरोना भाइरसका कारण विदेशबाट आउनेहरुका लागि क्वारेन्टाइन बनाइएका छन् । र ति क्वारेन्टाइनमा सम्बन्धित पालिकाले १४ दिन अबधिका लागि राखेका छन् । झापाका विभिन्न पालिकाले पनि क्वारेन्टाइनमा मानिसहरु राखेका छन् ।

झापाको दमकमा ३ ओटा क्वारेन्टाइन छन् । पछिल्लो क्रममा भारतबाट नेपाली स्वदेश आउन थालेपछि क्वारेन्टाइनमा बस्नेको संख्या बढेको छ भने संक्रमित पनि थपिदै गएका छन् ।

अहिले पनि दमकका २ क्वारेन्टाइनमा ४ बर्षीय बच्चा सहित ३९ जना छन् । दाहाल प्रतिष्ठानको क्वारेन्टाइन भने अहिले खाली छ । मान सरोबर क्वारेन्टाइनमा २६ जना पुरुष छन भने मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनमा एक बच्चा सहित १३ जना छन् ।

उनीहरुको दैनिकी र समस्या बुझ्न नगरपालिकाकी उपप्रमुख तथ प्रवक्ता गीता अधिकारी पटक पटक जाने गर्नु हुन्छ । कतिपय पालिकाहरुमा क्वारेन्टाइनको बसाइ कष्टकर भएको तथा भयावह भएको गुनासो आइरहदा दमकमा भने उदाहरणीय कार्य भएको छ ।

यहाँ महिलाका लागि छुट्टै क्वारेन्टाइन मात्र छैन, यहाँको महिला क्वारेन्टाइनमा प्रत्येक महिलाका लागि सेनिटरी प्याड सहितको सेवा प्रदान गरिएको छ । यो देशकै नमुना क्वारेन्टाइन पनि हो ।

नगरपालिकाकी प्रवक्ता अधिकारीका अनुसार महिलालाई असहज नहोस भनेर सेनिटरी प्याडको व्यवस्था गरिएको हो । उनिहरुका लागि महिलाले नै चलाउँदै आएको एम्बुलेन्स सेवा पनि उपलब्ध गराइएको प्रवक्ता अधिकारीले सवाल नेपाललाइ जानकारी दिनु भयो । अहिले पनि क्वारेन्टाइनमा आउने र बसाई अबधि पुगेपछि जाने क्रम चलिनै रहेको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु