काठमाडौं । पल शाह, सागर लम्साल (बले) र रियाशा दाहाल एउटै म्युजिक भिडियोमा देखिएका छन् । बन्दाबन्दी खुकुलो भएपछि निर्माण गरिएको ‘ए है माया’ बोलको गीतको भिडियो केही दिन पहिले छायाँकन गरिएको हो ।

पल, बले र रियाशासँगै टिकटकका हिट व्यक्ति सुधिर श्रेष्ठको भिडियोमा अभिनय रहेको छ । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलीका एरेन्ज रहेको गीतमा मेलिना राई र सरोज ओलीको स्वर छ । गीतको शब्द गायक ओलीकै हो ।

भिडियो निर्देशन पनि वलीले नै गरेका हुन् । विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायाँकन रहेको छ । भिडियोमा क्वारेन्टाइनमा रहेकी युवती प्रतिको मायालाई देखाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय