अघिल्लो साता मुम्बईमा आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतलाई त्यस्तो निर्णय लिन बाध्य बनाउने व्यक्तिहरू को थिए भन्ने विषयमा मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले बलिउडमा व्याप्त नातावादको कोणबाट समेत अनुसन्धान गरिरहेको छ । सलमान खान, शेखर कपूर, आदित्य चोपडा, कंगना रनावत, मुकेश भट्ट र करण जोहर लगायतका मानिससँग प्रहरीले सोधपुछ गर्न सक्ने बताइएको छ ।

विभिन्न सूत्रहरूले मुम्बई मिरर पत्रिकालाई बताएअनुसार, निर्देशक सञ्जय लीला भन्साली आफ्नो फिल्म रामलीलामा सुशान्तलाई खेलाउन चाहन्थे तर यशराज फिल्म्ससँगको सम्झौताका कारण उनलाई त्यो फिल्म दिइएन ।

अनि बाजीराव मस्तानी फिल्ममा पनि सुशान्तलाई नै भन्सालीले शुरूमा लिन खोजेका थिए । सम्झौताबमोजिम वाणी कपूरसँग सुशान्तले बेफिक्रे फिल्म खेल्ने कुरा थियो तर उनलाई दिइएन । निराश भएर सुशान्तले यशराज फिल्म्ससँग नाता तोडे ।

प्रहरीको अनुसन्धानले स्पष्ट देखायो– सुशान्तले नपाएका सबै फिल्म एक विशेष अभिनेताले पाएका हुन् । कुरा नचपाई भन्नुपर्दा सुशान्तका फिल्म रणवीर सिंहले उछिट्याएका हुन् । ती सबै फिल्म सुपरहिट भएका थिए ।

अनि रणवीर सिंहले पनि यशराज फिल्म्ससँग सम्झौता गरेको भए पनि अर्को प्रोडक्सन हाउससँग फिल्म गर्न पाए तर सुशान्तलाई चाहिँ त्यसो गर्न दिइएन ।

ती फिल्महरू सुशान्तले गर्न पाएको भए उनको गणना बलिउडका सुपरस्टारमा हुने थियो ।

प्रहरी सूत्रहरूका अनुसार, सुशान्तले एकपछि अर्को ठूला फिल्महरू गुमाइरहेका थिए भने यशराज फिल्म्सले उनलाई सम्झौताबाट मुक्त पनि गरिरहेको थिएन । त्यसपछि हैरान भएुर सुशान्तले राजकुमार हिरानीको फिल्म पीके खेल्ने सम्झौता गरे र अघिल्लो सम्झौताको टेन्सन लिएनन् ।

त्यसपछि नै यशराज फिल्म्ससँग उनको मनमुटाव शुरू भयो । तर पछि यशराजकै ब्यानरमा उनले डिटेक्टिभ ब्योमकेश बक्शी फिल्म पनि खेले तर त्यो फ्लप रह्यो ।

पछि प्रख्यात निर्देशक शेखर कपूर पानी नामक फिल्म सुशान्तलाई राखेर बनाउन चाहन्थे तर यशराजले फिल्म बनाउन मानेन । शेखरका अनुसार, सुशान्तले फिल्मका लागि कठोर मेहनत गरेका थिए र फिल्म नबनेपछि उनी कैयौं दिनसम्म रोए । फिल्मका लागि उनले ११ महिनासम्म मेहनत गरेको बताइन्छ । लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय