दमक। झापाको दमकमा रहेको दिपीनि खोला र खरखरे खोलालाई खोलाकै रुपमा विकास गर्न दमक नगर प्रमुख रोमनाथ ओली समक्ष आग्रह गरिएको छ ।

दमक नगरपालिकाको नगरसभामा आफ्नो सुझाव राख्दै वडा नम्बर ५ कि वडा सदस्य कृतिका भट्टराईले यस्तो आग्रह गर्नु भएको हो । वहाँले भन्नु भयो, दिपीनि खोला पैनीमा परिणत भएको छ ।

जसका कारण वर्षा याम शुरु भएसँगै दमक डुवान हुँदै आएको छ । यसपटक त्यसतर्फ ध्यान जाओस । खरखरे खोला पनि पैनिमा परिणत भएको छ । दमक डुवान हुँदा समस्या भएको भन्दै दिपीनि र खरखरे खोलालाई पहिलेकै अबस्थामा फर्काउन भट्टराईले आग्रह गर्नु भएको हो । खोलालाई दुबैतर्फ बाँधेर पैनी बनाइएकाकारण दमक डुवान हुनेगरेको वहाँको भनाई थियो ।

दमकमा प्रत्येक बर्ष बर्षासँगै आउने गरेको बाढीले दिपीनि र खरखरे खोला नाघेर घर भित्रै पानी पस्ने गरेको छ । वर्षा याममा दमकका कतिपय स्थानमा ढल पुरिएर बाटोमै घुँडा घुँडा पानी हुने अबस्था छ भने दमकको पशुहाट क्षेत्र पनि डुवान हुँदै आएको छ ।

बसपार्कमा पनि माछा पोखरी जस्तै देखिने गरेको छ । गत वर्ष पनि बसपार्क भित्रको टिकट घर रहेको भबनको भुँइतलामा झण्डै ३ फुट पानी थियो । तर त्यसतर्फ स्थानीय सरकारको ध्यान गएको छैन् ।

हुनत ढिलै भएपनि वडा सदस्यबाट आएको यस धारणाले आगामी दिनमा दमक डुवान मुक्त होला कि भन्ने झिनो आशा पलाएको छ । तर पुर्ण विश्वास भने हुने अबस्था छैन् । किनकी जनप्रतिनिधि निर्वाचित भएको पनि ३ बर्ष भैसकेको छ ।

अहिले सम्म दमक डुवानका विषयमा नगरपालिकाले कुनै विशेष कार्य योजना ल्याउन सकेको थिएन । तर तीन वर्षपछि भएपनि काम होस् । यस बर्ष त दमक डुवान रोक्न सकिन्न । तर आउँदो वर्ष डुवान मुक्त होस् । हाम्रो पनि शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय