एजेन्सी । भारतीय राजधानी नयाँ दिल्लीका सबै विद्यालय तथा शैक्षिक संस्थाहरु ३१ जुलाईसम्म बन्द हुने भएका छन् । कोरोना संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले सबै विद्यालयहरु ३१ जुलाईसम्म बन्द गर्ने निर्णय दोहोर्याएको हो । लकडाउन सुरु भएदेखि सरकारले त्यहाँ पटक पटक शिक्षण संस्था बन्द गर्ने निर्णय गर्दै आएको छ ।

शुक्रबार साँझ उपमुख्यमन्त्री तथा शिक्षामन्त्री मनिष सिसोदियाले ३१ जुलाईम्म सबै शिक्षण संस्थाहरु बन्द गरिने निर्णय गरिएको बताए । राजधानीमा कोरोना संक्रमण बढिरहेका बेला सोही परिवेशलाई ध्यानमा राखेर जुलाई ३१ सम्म सबै निजी र सरकारी विद्यालयहरु बन्द गर्ने निर्ण गरिएको मन्त्री सिसोदियाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर