#

तात्कालिन राजालाई खुला चुनौति दिने जननेता मदन भण्डारीको आज ६९ औँ जन्मजयन्ती


नेपाली कम्युनिष्ट राजनीतिका एक प्रखर वक्ता तथा मुकुकको परिवर्तनका लागि उज्वल नक्षेत्रका रुपमा चिनिएका र धेरैले रुचाएका नेता हुन् स्व. मदन भण्डारी । जसलाइ जननेताको उपमा पनि दिइएको छ । र भनिन्छ जननेता मदन भण्डारी । हो आज तिनै जननेताको ६९ औँ जन्मजयन्ती ।

तात्कालिन राजालाई खुला चुनौति दिने हिम्मत गर्ने र त्यो शाहस भएका नेता थिए भण्डारी । २०५० साल जेठ ३ गते दास ढुंगामा जीप दुर्घटनामा उनको मृत्यु भयो । कतिपयले उनको सो मृत्युलाई योजनाबद्ध पनि भनेका छन् । उनकै पत्नी आज देशको राष्ट्र प्रमुख हुनुहुुन्छ । जसको नाम हो विद्या भण्डारी ।

रक्षामन्त्री हुँदा पनि घटना पत्ता लगाउन नसकेको गुनासो थुप्रै आए विद्या भण्डारीमाथी । पछि राष्ट्रपती हुनु भयो । र फेरी अहिले दोश्रो पटक राष्ट्रपतीका रुपमा विराजमान हुनुन्छ । तर अहिले पनि सो दास ढुंगा प्रकरण प्रति मानिसकोे चासो र गुनासो जीउँदै छ । केहि बर्ष अघि गाडी चालक अमर लामाको पनि हत्या गरियो ।

उनको हत्या नहुदै उनीबाट बुझ्न सकिन्छ भन्नेहरुको पनि मुखमा बुजो लाग्यो जब उनको हत्या भयो । तर जे होस, जननेता मदन भण्डारीकै जनताको बहुदलिय जनवादको उब्जनी अहिले नेताहरुले खाइरहेका छन् भन्दा फरक नपर्ला । राजनीतिमा थकाइ भन्ने शब्दावली नै हुदैन भन्ने भण्डारीले नेपाली कम्युनिष्ट राजनीति प्रति जनतामा ठूलो आशा जगाइ दिनुभयो ।

जुन आशाकै कारण २०५१ सालमा नेपालमा अल्पमतकै भएपनि पहिलो कम्युनिष्ट सरकार बन्न सफल भयो । र नेपालको प्रथम कम्युनिष्ट प्रधानमन्त्री बन्न सफल हुनु भयो तात्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी । भन्न मात्र सक्दैन थे, तर भण्डारीको भाषण मन नपराउने कुनै दलका नेता थिएनन् । तर आज तिनै भण्डारीलाइ भुल्दै जानु दुःखद कुरा हो । भण्डारीकै कारण नेपालमा कम्युनिष्ट सरकार बन्यो । उनले सो सरकार नदेखेपनि । सायद अहिलेका नेतृत्वमा भएकाहरुले खुलेरै भन्न नसकेपनि उनीहरुको भित्री मनले पक्कै पनि भनिनै रहेको छ ।

मुलुक यतिबेला कोरोना भाइरसका कारण संकटमा छ । र यो संकट पार गर्न संघर्षरत छ । यो विषम परिस्थितिमा स्व. जननेता भण्डारीको बारेमा ठुला कार्यक्रम त हुन सक्ने भएनन् । तरपनि साना कार्यक्रम भने आयोजना गरिएको छ । उनै जननेतालाई सम्झेर विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा जन्म दिवस मनाइँदै छ ।

आज मध्यान्ह मदन भण्डारी फाउण्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्ने विशेष कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । आजै कोरोना संक्रमणका कारण उपचारमा रहेका र वृद्धाश्रममा रहेका नागरिकलाई फलफूल वितरण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

हुनत वर्षमा एक पटक औपचारिकताका लागि मात्र संझिने यस्ता कार्यक्रमले भण्डारीको योगदानको कुनै कदर गरेको ठहर्दैन । कम्युनिष्ट नेतृत्वले भण्डारी हरेक दिन संझिनु पर्ने पात्र हुन् । जुन उनीहरु कहिल्यै सोच्दैनन् । बरु सत्ताका लागि तिनै भण्डारीको जनताको बहुदलिय जनवाद पनि तिलान्जली नदेलान भन्न सकिन्न ।

भण्डारीको जन्म जयन्तीकै कारण १० गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठक आज स्थगन पनि गरिएको छ । उनीहरुले आज बैठक स्थगन गर्नुको सट्टा आजै एक ठोस निर्णय गरेर भण्डारीलाई सम्झेको भए जन्मजयन्तीको सार्थकता हुन्थ्यो कि । यसतर्फ किन ध्यान जान नसकेको होला ? जनताले एमसीसीको विरोध गरिरहेको बेला र पार्टी पंक्तीमा पनि विरोध भैरहेको बेला आजै यस विषयमा ठोस निर्णय गरेको भए साच्चिकै स्व. जननेता भण्डारी प्रति सच्चा श्रद्धान्जली हुने थियो । पार्टीपंक्ती र आम कार्यकर्ताले जे गरेपनि हाम्रोतर्फबाट स्व. भण्डारी प्रति हार्दिक श्रद्धान्जली ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु