#

दमकबाट पठाइएका ३५ स्वावको रिपार्ट आज आउँदै


दमक। झापाको दमकबाट पठाइएका ३५ स्वावको रिपोर्ट आज आउँदै छ । दुई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्दै आएकाहरुको स्वाव संकलन गरि ३ दिन अघि परीक्षणका लागि विराटनगर स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो ।

क्वारेन्टाइनका २२ जना हुन भने बाँकी होम क्वारेन्टाइनका भएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । वहाँका अनुसार मानसरोेबर क्वारेन्टाइनका १५ पुरुष छन् भने महिला क्वारेन्टाइनका ७ महिला रहेका छन् ।

दमकमा यसअघि ६ जनामा कोरोना संक्रमण पुष्टि भएपनि पहिलो संक्रमित एक जना कोरोना जितेर घर फर्किसकेका छन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु