#

झापाको दमकबाट पठाइएका ३५ जनाकै पिसीआर रिपोर्ट नेगेटिभ


दमक। झापाको दमकबाट पठाइएका सबैको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । दमकका दुई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्दै आएका ३५ जनाको स्वाव संकलन गरि परीक्षणका लागि विराटनगर स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो ।

योसँगै उनीहरुमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । क्वारेन्टाइनका २२ जना र बाँकी होम क्वारेन्टाइनका भएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । आज रिपोर्ट आउनेमा मानसरोेबर क्वारेन्टाइनका १५ पुरुष छन् भने महिला क्वारेन्टाइनका ७ महिला रहेका छन् ।

त्यस्तै होम क्वारेन्टाइनमा बस्दैआएका ८ पुरुष र ५ महिला रहेको सदस्यसचिव भट्राईले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बस्नेहरु भारत लगायत तेश्रो मुलुकबाट आउने छन् । दमकमा यसअघि ६ जनामा कोरोना संक्रमण पुष्टि भएपनि पहिलो संक्रमित एक जना कोरोना जितेर घर फर्किसकेका छन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु