दमक/ रोटरी क्लव अफ दमकले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । यसभन्दा अघि रोटरी क्लव अफ दमकको आफ्नो कार्यालय रहेको थिएन । सोमबार एक कार्यक्रमबीच वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाले दमक ६ स्थित थानारोडमा कार्यालयको उद्घाटन गर्दै दमकमा रोटरी क्लवको कार्य प्रशंशायोग्य रहेको बताए ।

उनले वातवरण सरक्षण लगायतका क्षेत्रमा अब थप शशक्त भएर लाग्नका लागि पनि आग्रह गरे । समाज परिवर्तनमा सामाजिक संघसंस्थाहरुको भुमिका महत्वपुर्ण हुने भन्दै जनाउदै थापाले रोटरीको आगामि दिन पनि रचनात्मक बन्नेमा आशाबादी रहेको जनाए ।

क्लवका अध्यक्ष सन्दिप चापागाईले आफ्नो कार्यकालको अन्तिम समयमा आएर औपचारिक कार्यालय खोल्न पाउदा खुसि लागेको जनाए । उनले अब नयाँ टिमलाई कार्यालयमा रहेर काम गर्न सहज हुने पनि चापागाँईले बताए । उनले यसले रोटरी क्लवको दमकमा उपस्थिति थप दर्बिलो भएको पनि उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय