काठमाडौं। नेपाली कांग्रेसले पीसीआर परीक्षणको दायरा बढाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएको छ । कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले आज स्वास्थ्यमन्त्री ढकाललाई भेटेर ध्यानाकर्षण गराएको हो ।

टोलीले क्वारेन्टाइनको मापदण्ड सुधार गर्न पनि भनेको छ । उसले क्वारेन्टाइन नैै कोरोना फैलाउने मध्यमजस्तो बनेको भन्दै व्यवस्थित बनाउन पनि भनेको छ ।

क्वारेन्टाइन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका विरामीहरुले सुविधा पाउन नसकेको, औषधि उपकरण खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको डा. महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय